काठमाण्डौंः नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज भारतसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ।
नेपाल र भारतबीचको खेल चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा हुनेछ। खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ। नेपाल गोलकिपर एन्जिला सुब्बाको कप्तानीमा मैदान उत्रनेछ।
नेपाली टोलीमा गोलकिपर सुब्बासहित अञ्जना राना मगर, उषा नाथ, हिरा कुमारी भुजेल, घिमकुमारी गुरुङ, अमृता जैशी, गीता राना, निशा थोकर, विमला विक, समीक्षा घिमिरे, विमला चौधरी रहेकी छिन् । त्यसैगरी सविता राना मगर, सरु लिम्बु, दीपा शाही, रेणुका नगरकोटी, अनिता बस्नेत, प्रिती राई, अनिता केसी,अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ र निर्मला विक छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया