मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

साफ महिला यू-२० च्याम्पियनसिप: नेपाललाई हराउँदै बंगलादेशले जित्यो उपाधि

प्रतिबन्धपछि फर्केकी सागोरिकाले मैदानमा पुनः आफ्नो प्रभाव जमाउँदै बंगलादेशलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरिन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः सागोरिकाको ह्याट्रिक गोलमा बंगलादेशले साफ महिला यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ । तीन खेलको प्रतिबन्ध पूरा गरी फर्किएकी सागोरिका एक्लैले चार गोल गरेपछि बंगलादेशले उपाधि रक्ष गरेको हो ।

सोमबार ढाकास्थित बसुन्धरा किङ्स एरेनामा सम्पन्न लिगको अन्तिम खेलमा बंगलादेशले नेपाललाई ४–० ले पराजित गर्यो । ६ खेलमा लगातार जित निकाल्दै उसले १८ अंक बटुल्यो। दोस्रो स्थानमा रहको नेपालले भने समान खेलबाट १२ अंक मात्रै जोड्न सक्यो। प्रतियोगितामा नेपाल बंगलादेशसँग दोस्रोपल्ट पराजित भयो। पहिलो खेलमा इन्जुरी समयमा गोल गर्दै बंगलादेशले ३–२ को नाटकीय जित निकालेको थियो।

पछिल्लो वर्ष पनि च्याम्पियन बनेको बंगलादेशको उमेर समूहको यो पाँचौं उपाधि हो। सन् २०२३ मा पनि उसैले उपाधि उचालेको थियो।सागोरिकाले खेलको आठौं मिनेटमै थ्रु बलमा गोलकिपर सुजता तामाङलाई बिट गर्दै गोल गरिन्। पहिलो हाफ १–० को अग्रतामा सकियो। दोस्रो हाफमा उनले अझ आक्रामक रूप लिइन्।

५२औं मिनेटमा सिम्रन र सुजतालाई छलेर दोस्रो गोल गरिन्। ५८औं मिनेटमा डिफेन्स गल्तीको फाइदा उठाउँदै ह्याट्रिक पूरा गरिन्। त्यही ऊर्जा लिएर उनले ७८औं मिनेटमा चौथो गोल थपिन् — मुन्की अक्तरको पासमा सिम्रनलाई बिट गर्दै उनले सुजताको सामुन्नेबाट सजिलो गोल गरिन्।

यही सागोरिका गत जुलाई १३ मा नेपालसँगको खेलमा विवादित थिइन्। नेपाली डिफेन्डर सिम्रन राईसँगको झगडापछि रेफ्रीले दुवैलाई रातो कार्ड देखाएका थिए। दक्षिण एसियाली फुटबल महासंघ ९साफ० ले दुवैलाई तीन खेलको प्रतिबन्धसहित ५०० अमेरिकी डलर जरिवाना गराएको थियो।

तर, प्रतिबन्धपछि फर्केकी सागोरिकाले मैदानमा पुनः आफ्नो प्रभाव जमाउँदै बंगलादेशलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरिन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार