असार २८, २०८२ शनिबार July 12, 2025

नेकपा भित्रको विवाद मिलाउन ओली–नेपाल पक्ष विच कोटेश्वरमा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई पक्षबीच वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा छलफल सुरु भएको छ।

नेता नेपालको निवासमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र नेता नेपाल पक्षका नेताहरुबीच वार्ता सुरु भएको हो। सो वार्तामा प्रचण्ड पक्षधर भने अनुपस्थित रहेका छन्।

यसअघि सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेता नेपाल र प्रधानमन्त्री ओलीबीच छलफल भएको थियो।

पछिल्लो समय पार्टीभित्र बढ्दै गएको विवाद समाधानका लागि द्विपक्षीय वार्ता सुरु भएको स्रोतले बतायो।

सो वार्तामा प्रधानमन्त्री ओलीका पक्षबाट नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवाली नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी रहेको स्रोतले जनाएको छ।

प्रधानमन्त्री ओलीले पार्टी निर्देशनविपरीत कार्य गरेको, एकलौटी रुपमा निर्णय गर्ने गरेको भन्दै नेकपाभित्रको अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नेपाल पक्ष असन्तुष्टि रहँदै आएको छ। अध्यक्ष प्रचण्ड र नेता नेपालले प्रधानमन्त्री ओलीलाई बजेटअघि नै प्रधानमन्त्रीबाट हटाउने तयारी शुरु गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया