श्रावण ६, २०८२ मंगलबार July 22, 2025

सशस्त्र प्रहरीद्वारा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका विजेता खेलाडीलाई सम्मान

दुई वा दुईभन्दा बढी विधातर्फ सहभागी भई पदक विजेता टिमका टिम क्याप्टेनलाई नगद पुरस्कारसहित सम्मानपत्र समेत प्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सशस्त्र प्रहरी बलले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका विजेता खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकमा आज आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले खेलाडीलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गर्नुभएको हो । कार्यक्रममा उहाँले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीको ज्ञान, सीप र क्षमताको सङ्गठनले उच्च मूल्याङ्कन गरेको बताउनुभयो । उहाँले आगामी दिनमा समेत खेलाडीले उच्च अनुशासनमा रही उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

गत असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको विभिन्न स्थानमा सञ्चालन भएको उक्त राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल एपीएफ क्लबले सामूहिक तथा व्यक्तिगत विधामा ६५ स्वर्ण, ७२ रजत र ८२ कास्य गरी कूल दुई सय १९ पदकसहित दोस्रो स्थान हासिल गरेको थियो । कूल ३६ खेल विधा समावेश गरिएको उक्त प्रतियोगितामा सशस्त्र प्रहरी बल, नेपालको नेपाल एपीएफ क्लबबाट ३१ खेल विधामा पाँच सय ४९ जना खेलाडीको सहभागिता रहेको थियो ।

सोही कार्यक्रममा उक्त प्रतियोगितामा व्यक्तिगत खेलतर्फ पदक विजेता खेलाडीलाई जनही तथा सामूहिक खेलतर्फ दुई वा दुईभन्दा बढी विधातर्फ सहभागी भई पदक विजेता टिमका टिम क्याप्टेनलाई नगद पुरस्कारसहित सम्मानपत्र समेत प्रदान गरिएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार