श्रावण ६, २०८२ मंगलबार July 22, 2025

दूरसञ्चार प्राधिकरण कप फुटसलको उपाधि वर्ल्डलिंकलाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो रजत जयन्तीको अवसरमा आयोजना गरेको नेपाल दूरसञ्चार प्राधिकरण कप “अन्तर सेवा प्रदायक स्तरीय फुटसल प्रतियोगिता” को उपाधि वर्ल्डलिंक कम्युनिकेशन लिमिटेडले हात पारेको छ ।

काठमाडौँको बालुवाटारस्थित फुटसल कोर्टमा शुक्रबार भएको फाइनलमा एनसेल आजियाटा लिमिटेडलाई ३–२ गोल अन्तरले पराजित गर्दै वर्ल्डलिंकले उपाधि सहित एक लाख नगद, मेडल तथा प्रमाणपत्र हात पारेको छ ।

उपविजेता बनेको एनसेलले ६० हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

तेस्रो स्थानका लागि भएको खेलमा डिस मिडिया नेटवर्कले मर्कन्टायल कम्युनिकेसन लिमिटेडलाई २१– ४ को फराकिलो गोल अन्तरमा पराजित गर्दै ४० हजार नगद प्राप्त गरेको छ ।

माघ २९ गतेबाट सुरु भएको प्रतियोगितामा विभिन्न दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक सम्बद्ध संस्थाका दश टोलीको सहभागिता रहेको नेपाल दूरसञ्चार प्राधिकरणका सहायक निर्देशक एवं खेल सञ्चालन समितिका सदस्य सुनिल खतिवडाले बताउनुभयो ।

नकआउट फर्म्याटमा सञ्चालन भएको प्रतियोगितामा दूरसञ्चार सेवा प्रदायकहरू नेपाल टेलिकम, एनसेल आजियाटा लिमिटेड, स्मार्ट टेलिकम प्रा.लि., भायानेट कम्युनिकेशन लिमिटेड, सुबिसु केवलनेट लिमिटेड, डिस मिडिया नेटवर्क, वर्ल्डलिंक कम्युनिकेसन लिमिटेड, मर्कन्टायल कम्युनिकेसन लिमिटेड, सिजि कम्युनिकेसन लिमिटेड र ब्रोडलिंक नेटवर्क एण्ड कम्युनिकेशन प्रा.लि. ले भाग लिएका थिए ।

२०५४ फागुन २० गते स्थापना भएको नेपाल दूरसञ्चार प्राधिकरणले स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा अन्तर सेवा प्रदायक स्तरीय फुटसल प्रतियोगिताको आयोजना गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार