असार २८, २०८२ शनिबार July 12, 2025

राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपतिबीच टेलिफोन वार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ रास्ट्रपति सी चीन पिङबीच सोमबार टेलिफोन वार्ता भएको छ।

नेकपामा कलह चुलिएका बेला चिनियाँ राष्ट्रपति सीले भण्डारीसँग वार्ता गरेका हुन्। चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्ववाका अनुसार राष्ट्रपति सीले राष्ट्रपति भण्डारीसँग कोरोना भाइरसविरुद्धको लडाइँका लागि नेपाललाई आवश्यक सहयोग जारी राख्ने आश्वासन दिएका छन्।

उनीहरुबीचको वार्तामा सीले दुई मुलुकहरूका स्वास्थ्य संस्थाहरुबीचको सम्पर्क र साझेदारी बलियो बनाउनेबारे जोड दिएका छन्।

जनआस्था अनलाइनका अनुसार राष्ट्रपति भण्डारीले सोमबार नै नेपालस्थित चिनियाँ राजदुत हाउ यान्छीसँग भेट गरेकी छन्।

सवैधानिक राष्ट्रपति भएर पनि नेकपाको राजनीतिमा चासो राखेको भन्दै आलोचनाको केन्द्र बनेकी राष्ट्रपति भण्डारीले एकाएक विदेशी राजदूतलाई भेट्नुलाई अर्थपुर्णरुपमा हेरिएको छ।

यस्तै उक्त अनलाइनअनुसार सोमबार राति प्रधानमन्त्री ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेरलाई भेटेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया