काठमाण्डौंः १७ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक स्टेफन केसगोईले जितेका छन्।
शनिबार भएको म्याराथनमा केसागोईले निर्धारित दूरी (४२.१९५ किलोमिटर) २ घण्टा २० मिनेट ७ सेकेन्डमा पूरा लगातार दोस्रो पटक उपाधि जितेका हुन्। अघिल्लो संस्करणमा उनले निर्धारित दूरी २ घण्टा १९ मिनेट ४३ सेकेन्डमा पार गर्दै उपाधि हात पारेका थिए।
उपाधिसँगै केसागोईले ५ लाख रुपैयाँ पाएका छन्। भूतपूर्व खेलाडी मञ्चले आयोजना गर्दैै आएको म्याराथनको १७ औं संस्करणको अन्य स्पर्धामा पनि केन्याली धावककै वर्चश्व रह्यो।
म्याराथनमा दोस्रो स्थान पनि केन्याकै जुलियस मोरियकीले प्राप्त गरे। उनले निर्धारित दूरी २ घण्टा २० मिनेट ३७ सेकेण्ड पूरा गर्दै ३ लाख रुपैयाँ प्राप्त गरे।
नेपाली सेनाका होमलाल श्रेष्ठले २ घण्टा २५ मिनेट १४ सेकेण्डमा दूरी पूरा गरेर तेस्रो भए। उनले २ लाख रुपैयाँ पाए।
अघिल्लो संस्करणमा दोस्रो भएका केन्याली धावक सिमिओन किप्लागातो यसपटक भने २ घण्टा २९ मिनेट ३५ सेकेन्डमा दूरी पार गरेर चौथो भए। उनले ३० हजार रुपैयाँ प्राप्त गरे।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया