श्रावण ६, २०८२ मंगलबार July 22, 2025

आइसिसी विश्वकप लिग-२ : नेपालले नामिबियालाई ३ विकेटले हरायो

सुपर लिगबाट ७ टिम र आयोजक भारत गरी ८ टिम विश्वकप २०२३ मा पुग्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आइसिसी विश्वकप लिग-२ अन्तर्गत नामिबिया, नेपाल र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले लगातार तेस्रो खेलमा जित हात पारेको छ।

शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले नामिबियालाई ३ विकेटले पराजित गर्‍यो। यसअघि नेपालले पहिलो खेलमा नामिबियालाई २ विकेट र दोस्रो खेलमा स्कटल्यान्डलाई ३ विकेटले हराएको थियो।

नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले ७ विकेट गुमाएर ४७.३ ओभरमा पूरा गर्‍यो। नेपालका लागि तीन ब्याट्सम्यानले अर्धशतक प्रहार गरे। ओपनर आसिफ शेखले ८१ रनको योगदान गरे। उनले ९८ बलमा ८ चौका र २ छक्का प्रहार गरे।

यस्तै ज्ञानेन्द्र मल्लले ६५ रन जोडे। उनले ७४ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। युवा ब्याट्सम्यान कुशल मल्लले पनि लगातार दोस्रो अर्धशतक प्रहार गर्ने क्रममा ६२ रनको योगदान गरे। उनले ४९ बलमा ६ चौका र ४ छक्का हिर्काए।

ज्ञानेन्द्र र आसिफबीच दोस्रो विकेटका लागि १३९ रनको कीर्तिमानी साझेदारी भएको थियो। यो नेपालका लागि एकदिवसीय खेलमा सबैभन्दा ठूलो साझेदारी हो।

अर्का ओपनर कुशल भुर्तेल १ रनमा आउट भए भने दीपेन्द्रसिंह ऐरीले पनि १ रन मात्र जोड्न सके। कप्तान रोहित पौडेल ३९ रन र सन्दीप जोराले ३ रन मात्र जोड्न सके। विजयी चौका हिर्काएका सोमपाल कामीले नटआउट ८ रन जोडे।

नेपालले पछिल्लो ५ ओभरमा ४ विकेट गुमाएको थियो। बलिङमा नामिबियाका ट्रम्पलम्यानले ३ विकेट लिए भने बेर्नाल्ड स्कोल्ट्जले २ विकेट हात पारे।

त्यसअघि टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ६ विकेटको क्षतिमा २७४ रन जोड्यो।

नामिबियाका लागि जेन ग्रिनले नटआउट ७५ रन जोडे। उनले ६३ बलमा ११ चौका र १ छक्का प्रहार गरे। ये फ्रान्सले ४९ रन जोड्दा ओपनर लो लाउरेन्सले ४१ रन जोडे।

बलिङमा नेपालका सन्दीप लामिछानले ३ विकेट लिए। उनले १० ओभरमा ४६ रन खर्चिए। करण केसीले १ विकेट हात पारे। सिरिजमा नेपालले मंगलबार अन्तिम खेलमा स्कटल्यान्डसँग भिड्नेछ।

लिग–२ मा स्कटल्यान्ड च्याम्पियन भइसकेको छ। लिग-२ को शीर्ष टिम स्कटल्यान्डले ३४ खेलबाट ४८ अंक जोडेको छ। दोस्रो स्थानको ओमानले आफ्ना सबै ३६ खेल खेल्दा ४४ अंक जोडेको छ। तेस्रो स्थानको नामिबियाले अन्तिम ३३ खेलबाट ३७ अंक जोडेको छ। चौथो स्थानको अमेरिकाले सबै ३६ खेलबाट ३५ अंक जोडेको छ। यो अवस्थामा अब स्कटल्यान्डले बाँकी सबै खेल हारे पनि शीर्ष स्थान गुमाउने छैन।

लिग-२ मा नेपाल छैटौं स्थानमा छ। नेपालले लिग-२ मा आफ्ना ९ खेल खेल्न बाँकी छदा २५ खेलबाट २४ अंक जोडेको छ। नेपालभन्दा माथि रहेको पाँचौ स्थानको युएईको २६ खेलबाट २७ अंक छ। पुछारको पिएनजीको २८ खेलबाट ५ अंक मात्र छ। लिग-२ का शीर्ष ३ टिम विश्वकप छनोटमा पुग्नेछन्। बाँकी ४ टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ।

लिग-२ बाट स्कटल्यान्ड र ओमान विश्वकप छनोटमा पुगिसकेका छन्। अब बाँकी १ स्थानका लागि नामिबिया, नेपाल र युएईबीच प्रतिस्पर्धा छ। जसमा नामिबिया बलियो स्थानमा रहदा नेपाललाई शीर्ष ३ मा पर्न कठिन छ।

आइसिसीले क्रिकेट विश्वकप २०२३ को छनोटका लागि ३ वटा लिग गरिरहेको छ। जसमा टेस्ट मान्यता प्राप्त १२ टिम र नेदरल्यान्ड्स गरी १३ टिमबीच सुपर लिग, नेपालसहित सात एकदिवसीय मान्यता प्राप्त टिमबीच लिग-२ र एसोसिएट टिमबीच प्रतिस्पर्धा भएको च्यालेन्ज लिग रहेका छन्।

सुपर लिगबाट ७ टिम र आयोजक भारत गरी ८ टिम विश्वकप २०२३ मा पुग्नेछन्। अब २ स्थानका लागि सुपर लिगका ५ टिम, लिग-२ का ३ टिम र क्वालिफायर प्लेअफका २ टिम गरी १० टिमबीच छनोट प्रतियोगिता हुँदैछ। क्वालिफायर प्लेअफमा लिग-२ का ४ टिम र च्यालेन्ज लिगका २ टिम गरी ६ टिमबीच प्रतिस्पर्धा हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार