कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

यस्तो छ हरियो तरकारी र फलफूलको मुल्य

कालो अंगुरको औसत मूल्य प्रतिकेजी २०० रुपैयाँ , हरियो अंगुर १२० रुपैयाँ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफुलकाे मुल्य सार्बजनिक गरेकाे छ ।

जसअनुसार कालो अंगुरको औसत मूल्य प्रतिकेजी २०० रुपैयाँ , हरियो अंगुर १२० रुपैयाँ, अदुवा ९०, नेपाली ठूलो गोलभेडा ३५ रुपैयाँ, अनार ३०० रुपैयाँ, अमला ७० रुपैयाँ, अम्बा १०० रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, रातो आलु २६ रुपैया, स्थानीय काउली २० रुपैयाँ, कागती १५० रुपैयाँ, किवि ३०० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ ताेकाेकाे छ ।

यस्ताे, लाेकल गाजरको औसत मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ५० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, टनेल गोलभेडा १५ रुपैयाँ, राजमा घिउ सिमी ७० रुपैयाँ, चमसूरको साग ४० रुपैयाँ, कन्य च्याउ १२० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, तितो करेला १४० रुपैयाँ, तोरीको साग ३० रुपैया, पालूङ्गो साग ४० रुपैयाँ, भारतीय सुकेको प्याज ३४ रुपैयाँ, हरियो प्याज ५० र हरियो धनिया ३० रुपैयाँ कायम गरिएकाे छ ।्रर

यता, ताजा रहु माछा ३३० रुपैयाँ केजी, मुंगरी माछा ३१० रुपैयाँ केजी, ताजा बचुवा माछा २६० रुपैयाँ केजीमा काराेबार भइरहेकाे छ भने  ताजा छडीको माछा प्रतिकेजी २४० रुपैयाँमा खरिदबिक्री हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया