काठमाण्डाैंः नेपाल र भारतको महिला राष्ट्रिय फुटबल टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बराबरी भएको छ ।
यो बराबरीसहित दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल नै बराबरीमा टुङ्गिएको छ । भारतको चेन्नईमा रहेको जवहारलाल नेहरु मैदानमा हिजो भएको दोस्रो खेलमा दुई टोलीबाट गोल हुन सकेन । यसअघि बुधवार भएको पहिलो मैत्रीपूर्ण खेलमा २–२ गोलको बराबरी भएको थियो ।
पहिलो मैत्रीपूर्ण खेलमा नेपालका लागि दुवै गोल सावित्रा भण्डारी सम्बाले गरेकी थिइन् । नेपाल र भारतले महिला ओलम्पिक छनोटको तयारी स्वरुप मैत्रीपूर्ण खेल खेलेका हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया