श्रावण ६, २०८२ मंगलबार July 22, 2025

महिला टि-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुग्यो अष्ट्रेलिया

अष्ट्रेलिया महिला टि-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अष्ट्रेलिया महिला टि-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ।

गएराती भएको खेलमा अष्ट्रेलिया घरेलु टोली दक्षिण अफ्रिकालाई ६ विकेटले हराउँदै महिला टि२० विश्वकप २०२३ को सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो।अष्ट्रेलिया समूह ए बाट अपराजित रहँदै सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। अष्ट्रेलिया ४ खेलमा ८ अंकका साथ समूह ए मा शीर्ष स्थानमा रह्यो ।

अष्ट्रेलियाले समूह बी को उपविजेतासँग सेमिफाइनल खेल खेल्नेछ। समूह ए मा श्रीलंका ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । दक्षिण अफ्रिका ३ खेलमा १ मा जित र २ मा हारसहित तेस्रो स्थानमा छ।

यसअघि जितको लागि १ सय २५ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १६.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो।

त्यसअघि पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २४ रन बनायो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार