काठमाण्डौंः सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ४ लालापट्टीमा भोलि सोमवारदेखि अन्तर्राष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता सुरु हुने भएको छ ।
महाशिवरात्रिको अवसरमा करिब ५ वर्षदेखि कुस्ती प्रतियोगिता हुँदै आएको वडा अध्यक्ष सूर्यनारायण यादवले जानकारी दिनुभयो ।
सुरुदेखि नै अन्तर्राष्ट्रिय स्तरका पहलमानहरू बोलाई स्थानीयहरूकै आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालन हुँदै आएको र पछिल्लो समय वडा कार्यालयको आर्थिक सहयोगमा कुस्ती प्रतियोगिताका भइरहेको अध्यक्ष यादवले जानकारी दिनुभयो ।
फागुन ८ गतेदेखि ११ गतेसम्म तीन दिन चल्ने प्रतियोगितामा नेपाल तथा भारतका महिला र पुरुष पहलमान गरी करिब २१ जना पहलमानको सहभागिता रहने छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया