कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

नेप्से लगातार दोहोरो अङ्कले घट्यो

राप्ती हाइड्रो कम्पनीको शेयर १० प्रतिशतले बढ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः शेयर बजार आज साेमवार पनि उच्च अङ्कले घटेको छ । यसअघि बिहीवार २१ दशमलव १५ अङ्कले घटेको शेयर बजार आज २३ दशमलव ६० अङ्कले घटेर दुई हजार ४६ दशमलव ८१ विन्दुमा झरेको छ ।

नेप्से लगातार दोहोरो अङ्कले घटेको आज पाँचौँ दिन हो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेयता शेयर बजार निरन्तर ओरालो लागिरहेको छ ।

आज व्यापार र म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेको छ । उत्पादन र लघुवित्त समूहको शेयर उच्च अङ्कले घटेको छ । आज दुई सय ५८ वटा कम्पनीका ६० लाख ९१ हजार कित्ता शेयर एक अर्ब ९४ करोड ४७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको २० करोड आठ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज सबैभन्दा धेरै जीवन विकास लघुवित्तको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि राप्ती हाइड्रो कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सञ्चारमन्त्रीद्वारा कतार र इस्टोनियाका समकक्षीसँग सूचना प्रविधिमा सहकार्य गर्ने विषयमा छलफल
२०८३ कार्तिक २७, शुक्रबार
देउसीभैलोको दक्षिणा माध्यमिक कक्षा सञ्चालनमा
२०८३ कार्तिक २७, शुक्रबार
२३ खेलमा प्रतिस्पर्धा गर्न इलामका ३७० खेलाडी प्रदेश छनोटमा जाँदै
२०८३ कार्तिक २७, शुक्रबार
आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय
२०८३ कार्तिक २७, शुक्रबार
यस्तो छ आजको मौसम पूर्वानुमान
२०८३ कार्तिक २७, शुक्रबार
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
२०८३ कार्तिक २७, शुक्रबार
अपडेटः भीमफेदी इभी दुर्घटना एकै परिवारका छसहित १४ जनाको मृत्यु
२०८३ कार्तिक २६, बिहिबार