श्रावण ५, २०८२ सोमबार July 21, 2025

सामसुङको ग्यालेक्सी एस–२३ बजारमा

ग्यालेक्सी एस २३ उपलब्ध भएका देशहरुको सङ्ख्या क्रमशः बढेर करिब १३० पुग्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दक्षिण कोरियाको विशाल प्रबिधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले ५५ देशमा नयाँ स्मार्टफोन उपलब्ध गराएको छ ।

सामसुङ इलेक्ट्रोनिक्सले आफ्नो नयाँ ग्यालेक्सी एस २३ स्मार्टफोनलाई शुक्रबारदेखि ५५ देशमा सार्वजनिक गरेको हो । ग्यालेक्सी एस २३ श्रृङ्खला दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका, बेलायत र फ्रान्ससहितका ५५ देशमा सार्वजनिक गरिएको छ ।

ग्यालेक्सी एस २३ अल्ट्रा, ग्यालेक्सी एस २३ प्लस र ग्यालेक्सी एस २३ उपलब्ध भएका देशहरुको सङ्ख्या क्रमशः बढेर करिब १३० पुग्ने सामसुङले जनाएको छ ।

पछिल्लो सात दिनमा नयाँ स्मार्टफोनका लागि घरेलु प्रिअर्डर १.०९ मिलियन पुगेको छ, जुन ग्यालेक्सी एस २२ श्रृङ्खलाको लागि कम्पनीको १० लाख २० हजार माग आएको र यो मागले कम्पनीको अर्डरको अघिल्लो रेकर्डलाई उछिनेको छ ।

सामसुङको मोबाइल फोन व्यवसायका प्रमुख टीएम रोहले भन्नुभयो, “यस वर्षको लागि आएको पूर्व मागको सङ्ख्याले हाम्रा ग्राहकहरूको हाम्रो ब्रान्डप्रतिको बलियो विश्वासलाई प्रतिबिम्बित गर्दछ र ‘ग्राउन्ड ब्रेकिंग इनोभेसन’ र स्बिथरताप्रतिको हाम्रो प्रतिबद्धता कसरी उपभोक्तामाझ प्रतिध्वनित भइरहेको छ भन्ने देखाउँछ । सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया