कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

बागमती प्रदेश सरकारको ‘दुग्ध पाउडर प्लान्ट’ अलपत्र

दुग्ध पाउडर प्लान्ट निर्माण कार्यलाई तिव्रता दिन बागमती सरकारले पनि चासो देखाएन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः बागमती प्रदेश सरकारको गौरवको योजनामा रहेको ‘प्रदेश दुग्ध पाउडर प्लान्ट’ शिलन्यास भएको दुई वर्षसम्म बन्न सकेको छैन । एक वर्षभित्रमा निर्माण सम्पन्न गर्ने भन्दै ०७७ साल पुस १६ गते बागमती प्रदेशको पूर्वमुख्यमन्त्री डोरमणी पौडेलले शिलन्यास गरेको प्रदेश दुग्ध पाउडर प्लान्ट दुई वर्षमा पनि बन्न नसकेको हो ।

बागमतीसहित चारवटा प्रदेशका किसानलाई लक्षित गर्दै हेटौंडामा दूध पाउडर प्लान्ट निर्माण थालिएको थियो । बागमती प्रदेश दुग्ध विकास बोर्डले नियमित रुपमा किसानहरुले व्यहोर्दै आएको मिल्क होलिडे सहित दूध बिक्रीमा भोग्दै आएको समस्यालाई समाधान गर्न हेटौंडामा पाउडर प्लान्ट निर्माणको तयारी थालेको थियो ।

आर्थिक वर्ष २०७७-०७८ को पुष १ गतेदेखि निर्माण सम्झौता गरेको काठमाण्डौं इजी इन्फा प्रालिले १ वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी काम थालेको थालेको पाउडर प्लान्टले हालसम्म पुर्णता पाउन सकेको छैन ।

दुधको उचित मुल्य नपाएर किसानहरु हैरान भैरहदाँ वैकल्पिक उपाय बन्न सक्ने दुग्ध पाउडर प्लान्ट निर्माण कार्यलाई तिव्रता दिन सरकारले पनि चासो देखाएको छैन ।

दैनिक ६० हजार लिटर दूधबाट ५ मेट्रिक टन उत्पादन पाउडर उत्पादन गर्ने लक्ष्य सहित सरकारले निर्माण सुरु गरेको पाउडर प्लान्ट काठमाण्डौं इजी इन्फा प्रालिले १ वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी ४१ करोड २२ लाख ७१ हजारमा सम्झौता गरेको थियो ।

दुई पटकसम्म म्याद थपिएको उक्त दुग्ध पाउडर प्लान्ट निर्माण सम्पन्न गर्न प्रदेश दुग्ध विकास बोर्डले वैशाखसम्मको समय दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सञ्चारमन्त्रीद्वारा कतार र इस्टोनियाका समकक्षीसँग सूचना प्रविधिमा सहकार्य गर्ने विषयमा छलफल
२०८३ कार्तिक २७, शुक्रबार
देउसीभैलोको दक्षिणा माध्यमिक कक्षा सञ्चालनमा
२०८३ कार्तिक २७, शुक्रबार
२३ खेलमा प्रतिस्पर्धा गर्न इलामका ३७० खेलाडी प्रदेश छनोटमा जाँदै
२०८३ कार्तिक २७, शुक्रबार
आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय
२०८३ कार्तिक २७, शुक्रबार
यस्तो छ आजको मौसम पूर्वानुमान
२०८३ कार्तिक २७, शुक्रबार
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
२०८३ कार्तिक २७, शुक्रबार
अपडेटः भीमफेदी इभी दुर्घटना एकै परिवारका छसहित १४ जनाको मृत्यु
२०८३ कार्तिक २६, बिहिबार