काठमाडौंः नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेले आफूले कति योगदान गरे भन्ने थाहाँ नभएपनि देशले क्रिकेट जितेकामा खुसि व्यक्त गरेका छन् । मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको त्रिकोणात्मक एकदिवसीय सिरिजको चार खेलमा नेपालले चारै खेल जितेको थियो।
सन्दीपलाई दर्शकले निकै समर्थन र हौसला दिएका थिए। आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले दर्शकप्रति आभार प्रकट गरे। ‘मैले कति योगदान गर्न सके थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ.. यो साथ यो मायाको लागि सम्पूर्णमा हृदयदेखि आभारी छु,’ सन्दीपले सामाजिक सञ्जालमा लेखेका छन्।
राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप ६ महिनापछि घरेलु मैदानमा भएको त्रिकोणात्मक श्रृंखलाबाट क्रिकेटमा कमब्याक गरेका थिए। चार खेलको श्रृंखला नेपालले क्लिनस्वीप गर्दा उनको बलिङबाट महत्वपूर्ण योगदान रह्यो।
सन्दीपले सिरिजको चार खेलमा १३ विकेट लिएका थिए। पहिले, दोस्रो र तेस्रो खेलमा तीन–तीन विकेट लिएका सन्दीपले अन्तिम खेलमा ४ विकेट लिएका थिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया