असार २८, २०८२ शनिबार July 12, 2025

नक्कली किसान खडा गर्नेमाथि कारबाही गर्न सांसद्को माग

बिचौलियाले असाधारण नाफा कमाउने तर उपभोक्ताहरू मारमा पर्ने गरी कृषि अनाजहरूको खरिद गर्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि सरकारलाई सुझाव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली काँग्रेसका सांसद शङ्कर भण्डारीले कृषि अनुदानका लागि नक्कली किसान खडा गर्नेमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन् । सांसद भण्डारीले उत्पादनको आधारमा कृषि अनुदान दिने व्यवस्था मिलाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

बुधबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद भण्डारीले किसानलाई बेलैमा मल, बीउ र सिँचाइको आवश्यक व्यवस्था मिलाउने काममा कसले अवरोध पुर्‍यायो ? भनी सरकारलाई प्रश्न समेत गरे ।

उनले भने, ‘कृषिमा अनुदान नदिनाले हाम्रा उत्पादन महँगा छन्। केही मात्रा दिइएको कृषि अनुदान पनि वास्तविक किसानले पाउन मुस्किल छ । यदाकदा कसैले पायो भने त्यसभित्रको यथार्थता अर्कै छ । खेती गर्ने बेलामा बिउ छैन । चाहिएको बेलामा मल छैन । सिँचाई गर्न पानी छैन ।

उत्पादन बेच्न बजार पाउन सकिँदैन । किसानहरू ऋणमा चुलुम्ब डुबेका छन्। बिचौलियाले असाधारण नाफा कमाउँदा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य छन् । यो अवस्था अन्त्य कसरी गर्ने, कहिले गर्ने रु हाम्रा संरचनाहरू साँच्चै नै निकम्मा भएका छन् ? गम्भीर प्रश्न उठेको छ ।

उनले बिचौलियाले असाधारण नाफा कमाउने तर उपभोक्ताहरू मारमा पर्ने गरी कृषि अनाजहरूको खरिद गर्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि सरकारलाई सुझाव दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया