श्रावण १, २०८२ बिहिबार July 17, 2025

शिक्षा क्षेत्रमा बजेट बढाउँछौँ : मन्त्री देउवा

शिक्षालाई रोजगारीमूलक, प्रविधिमैत्री र गुणस्तरीय बनाउन सार्वजनिक शिक्षामा सुधार ल्याउनु पर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री प्रकाशबहादुर देउवाले आगामी बजेटमा शिक्षा क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गर्ने पहलकदमी लिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

प्रदेशमा नयाँ सरकार : शिक्षालाई प्राथमिकता कति भन्ने शिक्षाका लागि राष्ट्रिय अभियान नेपालद्वारा आज धनगढीमा आयोजित प्रदेशस्तरीय छलफलमा बोल्दै उहाँले शिक्षालाई रोजगारीमूलक, प्रविधिमैत्री र गुणस्तरीय बनाउन सार्वजनिक शिक्षामा सुधार ल्याउनु पर्ने बताउनुभयो।

शिक्षामा सुधार ल्याउनका लागि शिक्षक, अभिभावक, विद्यार्थी र विज्ञसँग गहन छलफल गर्नुपर्ने आवश्यकता पनि उहाँले औँल्याउनुभयो। उहाँले भन्नुभयो, ‘प्रदेश सरकारले पूर्णता पाउन बाँकी छ, यो सरकारले जनतालाई अनुभूति हुने गरेर काम गर्नेछ।’’

अब टुक्रे योजनासमेत नबनाउने उल्लेख गर्दे उहाँले कतिपय अधिकार सङ्घ सरकारले नदिँदा समस्या भएको बताउनुभयो। सो कार्यक्रममा शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले शिक्षालाई प्रभावकारी बनाउन पढाइलाई प्रविधिमैत्री बनाउनु पर्ने, बालबालिकाको अनिवार्य बचत गराउनु पर्ने, प्रतिभाको खोजी गरेर सहयोग गर्नुपर्ने र शिक्षकका सुविधा बढाउनु पर्नेमा जोड दिनुभयो।

उहाँले सहरी क्षेत्रमा ६० र ग्रामीण क्षेत्रमा ३० प्रतिशत विद्यार्थी निजी क्षेत्रका विद्यालयमा पढिरहेको डरलाग्दो तथ्याङ्कले पनि सामुदायिक शिक्षा प्रणाली सुधार गर्नुको विकल्प नरहेको चर्चा पनि गर्नुभयो।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका प्रदेश संयोजक हेमराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य शिव ओली, प्रदेश सरकारका पूर्वमन्त्री पूर्णा जोशी , विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखले पनि शिक्षाको सुधारका लागि सुझाव दिनुभएको थियो।

सोही क्रममा भएको शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशनले हेमराज जोशीकै संयोजकत्वमा ११ सदस्यीय कार्य समिति चयन गरेको छ।

सो समितिमा सहसंयोजकमा प्रकाशविक्रम शाह, सचिवमा शेरबहादुर बस्नेत, कोषाध्यक्षमा पवन भण्डारी छानिएका छन्। यस्तै सदस्यमा तुलाराम जैसी प्रतिमा शाही, विनोदविक्रम जैरु, जमुनाकुमारी धामी, अप्सरा कुँवर, केशव ऐर र सरस्वतीकुमारी सुनार सदस्य रहेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार