मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी

श्रीलंकाविरुद्ध नेपालको फेरि ७ गोल - नेपालले अब शनिबार भुटानसँग खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यू-२० च्याम्पियनसिपमा नेपाल श्रीलंकाविरुद्धको खेलमा विजयी भएको छ। बंगलादेशको ढाकास्थित बसुन्धरा किङ्स इरिनाको अभ्यास मैदानमा आज (बिहीबार) भएको खेलमा नेपालले श्रीलंकालाई ७-० गोलअन्तरले पराजित गरेको हो।

यसअघि पनि पहिलो खेलमा नेपालले श्रीलंकालाई समान ७-० गोल अन्तरले नै हराएको थियो। योसँगै नेपालले चार खेलबाट ९ अंक जोडेको छ। चार खेल खेलेको श्रीलंका भने अंकविहीन छ।

श्रीलंकाविरुद्धको खेलमा आज (बिहीबार) पहिलो हाफमा चार गोल गरेको नेपालले दोस्रो हाफमा तीन गोल थप्यो। नेपालका लागि कुसुम खतिवडा र समीक्षा मगरले समान दुई/दुई गोल गरे। पूर्णिमा राई, बिर्सना चौधरी र सरिता नाथले समान एक-एक गोल गरे।

खेलको १६औँ मिनेटमा पूर्णिमाले हेडरमार्फत् गोल गरिन्। त्यस्तै खेलको ३५औँ मिनेटमा कुसुमले नेपालको अग्रता दोब्बर बनाइन्। खेलको ४२औँ मिनेटमा सरिताले तेस्रो गोल गरिन्। खेलको ४५औँ मिनेटमा कुसुमले व्यक्तिगत दोस्रो तथा नेपालका लागि चौथो गोल गरिन्।

मध्यान्तरपछि खेलको ६६औँ मिनेटमा बिर्सनाले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई ५-० गोलको अग्रता दिलाइन्। खेलको ७४औँ मिनेटमा समीक्षाले गोल गरिन्। खेलको ७८औँ मिनेटमा समीक्षाले नै व्यक्तिगत दोस्रो गोल गर्दै ७-० गोलअन्तरले विजयी दिलाइन्।

नेपालले अब शनिबार भुटानसँग खेल्नेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपीएलको उपाधि भिडन्त तय, साविक विजेता लुम्बिनी र सुदूरपश्चिम आमनेसामने
२०८३ मंग्सिर ४, शुक्रबार
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार