काठमाण्डाै| : महिला टी–२० विश्व कप क्रिकेटको पहिलो सेमिफाइनलमा आज भारत र अस्ट्रेलिया खेल्दैछन्।
दक्षिण अफ्रिकामा भइरहेको आठौँ संस्करणको महिला टी–२० विश्व कपमा भारतले साविक विजेता अस्ट्रेलियासँग खेल्न लागेको हो।
खेल नेपाली समय अनुसार बेलुका पौने ७ बजे केपटाउनमा सुरु हुनेछ । दोस्रो सेमिफाइनलको खेलमा भोलि इङ्ल्यान्ड र आयोजक दक्षिण अफ्रिका खेल्नेछन् ।
दुवै सेमिफाइनलका विजेताले आइतवार उपाधिका लागि खेल्नेछन् । अघिल्लो संस्करणमा भारतलाई ८५ रनले हराएर अस्ट्रेलियाले उपाधि जितेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया