असार २२, २०८२ आइतबार July 6, 2025

भारतमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या एक हजार नाघ्यो,३० हजार भन्दा बढी संक्रमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमणका कारण हुने मृत्यु हुनेको संख्या एक हजार नाघेको छ ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोभिड–१९ बाट भारतमा एक हजार सातजनाको ज्यान गइसकेको छ।

यस्तै संक्रमितको संख्या पनि ३० हजार भन्दा बढी पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म कुल संक्रमितको संख्या कम्तिमा ३० हजार ३२५ रहेको छ । त्यसमध्ये सात हजार ६९५ जना निको भएर घर फर्किएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया