श्रावण ७, २०८२ बुधबार July 23, 2025

केपी ओली कप : मच्छिन्द्र र त्रिभुवन आर्मी सेमिफाइनलमा

केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगितामा मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काठमाडौँमा जारी केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगितामा मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेका छन् ।

शुक्रबार भएको दोस्रो खेलमा मच्छिन्द्रले २–१ गोलले चर्च ब्वाइजलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

टाइब्रेकरमा न्यु रोड टिम (एनआरटि) लाई ५–४ ले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान बनाएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय सीधै टाइब्रेकरबाट लिइएको थियो ।

शनिबार हुने अन्तिम क्वाटर फाइनलमा आयोजक केपी ओली क्लब र जावलाखेल यूथ क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

आर्मीले अब फाइनल प्रवेशका लागि आइतबार सातदोबाटो युवा क्लबको सामना गर्नेछ । बिहीबार भएको उद्घाटन खेलमा सातदोबाटोले नेपाल पुलिस क्लबलाई २–१ ले हराएको थियो ।

युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगिता फागुन ११ देखि १७ गतेसम्म चल्नेछ । प्रतियोगितामा प्रथम हुनेले १० लाख र दोस्रो हुनेले ५ लाख रुपैयाँ पाउनेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिदेशीय टी–२० शृङ्खलाको फाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका आमनेसामने
२०८२ श्रावण ७, बुधबार
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यातयात सञ्चालन ठप्प
२०८२ श्रावण ७, बुधबार
सुनको मूल्य तोलामा २१ सयले बढ्यो
२०८२ श्रावण ७, बुधबार
पुष्पलालप्रति उच्च सम्मानः प्रधानमन्त्री ओली
२०८२ श्रावण ७, बुधबार
एमाले केन्द्रीय कमिटी बैठकले पारित गरेको ८ बुँदे निर्णयमा के छ (पूर्णपाठ)
२०८२ श्रावण ७, बुधबार
भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता
२०८२ श्रावण ७, बुधबार
राष्ट्र बैंकद्वारा आजको विनिमय दर निर्धारण, युरो र पाउण्डमा उच्च मूल्य कायम
२०८२ श्रावण ७, बुधबार