श्रावण ७, २०८२ बुधबार July 23, 2025

एपीएफ झापा गोल्डकपको सेमिफाइनलमा

एपीएफले बङ्गलादेशको काउवार्न बजार प्रगति सङ्घ ढाकालाई सडनडेथमा ९–८ गोलले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विभागीय टोली नेपाल एपीएफ क्लब झापाको भद्रपुरमा जारी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको खेलमा एपीएफले बङ्गलादेशको काउवार्न बजार प्रगति सङ्घ ढाकालाई सडनडेथमा ९–८ गोलले हरायो । निर्धारित ९० मिनेटको समयमा १–१ को बराबरीमा टुङ्गिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा पनि निर्णय हुन नसकेपछि सडनडेथबाट विजेताको निर्णय लिइएको हो । सडनडेथमा काउवार्नका औङ गोल गर्न चुकेपछि पराजय व्यहोर्नुप¥यो ।

औङको प्रहारलाई एपीएफका गोलरक्षक एन्जल श्रेष्ठले उत्कृष्ट बचाउ गर्दै जित दिलाउनुभयो । श्रेष्ठ खेलको प्लेयर अफ दि म्याच बन्दै २० हजार रुपियाँ पुरस्कार पाउनुभयो । एपीएफले फाइनल प्रवेशका लागि मछिन्द्र क्लबसँग आइतबार प्रतिस्पर्धा गर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिदेशीय टी–२० शृङ्खलाको फाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका आमनेसामने
२०८२ श्रावण ७, बुधबार
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यातयात सञ्चालन ठप्प
२०८२ श्रावण ७, बुधबार
सुनको मूल्य तोलामा २१ सयले बढ्यो
२०८२ श्रावण ७, बुधबार
पुष्पलालप्रति उच्च सम्मानः प्रधानमन्त्री ओली
२०८२ श्रावण ७, बुधबार
एमाले केन्द्रीय कमिटी बैठकले पारित गरेको ८ बुँदे निर्णयमा के छ (पूर्णपाठ)
२०८२ श्रावण ७, बुधबार
भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता
२०८२ श्रावण ७, बुधबार
राष्ट्र बैंकद्वारा आजको विनिमय दर निर्धारण, युरो र पाउण्डमा उच्च मूल्य कायम
२०८२ श्रावण ७, बुधबार