श्रावण ७, २०८२ बुधबार July 23, 2025

नेपालले आज कुवेतसँग खेल्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः उपाधिको प्रमुख दाबेदार नेपालले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज कुवेतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा मलेक क्रिकेट ग्रउन्डमा सुरुहुनेछ ।

पहिलो खेलमा नेपालले सिंगापुरलाई ९६ रनले पराजित गरेको थियो । नेपाल लगातार दोस्रो जितको सोचमा हुनेछ । यता कुवेत पहिलो खेलमा हङकङसँग एक विकेटले पराजित भएको थियो । कुवेत पहिलो जितको सोचमा हुनेछ । प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत छन् ।

सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता विजेताले २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ । नेपाल त्यसको प्रमुख दाबेदार टोली हो । नेपाल २०१६ पछि पहिलो विश्वकप खेल्दैछ । सिंगापुरलाई हराउन शीर्षक्रमका ब्याटर आकाश त्रिपाठीले १ सय बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ७८ रनको योगदान दिएका थिए । विशाल विक्रम केसी ५४ बलमा ४ चौका र २ छक्कासहित ६३ रनमा अविजित रहेका थिए ।

कप्तान देव खनालबाट नेपाल उत्कृष्ट प्रदर्शन चाहन्छ । नेपालबाट १० ओडिआई खेल खेलि सकेका देव सिंगापुरविरुद्ध २१ रनमा आउट भएका थिए । आजको खेलमा नेपालले टोलीमा परिवर्तन गर्ने सम्भावना कम छ । तीव्र गतिका बलरमा दुर्गेश गुप्ता र हेमन्त धामीले निरन्तरता पाउनेछन् । स्पिनरमा सुवास भण्डारी हुनेछन् ।

सुवासलाई विशाल र मिलनले साथ दिनेछन् । शुक्रबार पहिलो खेलमा युएईले मलेसियालाई ७ विकेटले हराएको थियो । यता हङकङविरुद्ध कुवेतका ओपनर जुड क्रिस्टोफर सल्धानाले ९५ बलमा ११ चौकासहित ८९ रनको इनिङ खेलेका थिए । साउद मोहम्मेद सदाथ ३७, जय महेशकुमार मेहता २१ र युसुफ सद्दिकले ३२ रन जोडेका थिए ।

कुवेतका गौथम मोहनदासले सर्वाधिक चार विकेट लिएका थिए । गत वर्ष यू१९ एसिया कपमा कुवेतले नेपाललाई स्तब्ध पारेको थियो । नेपालले दिएको २ सय ४० रनको लक्ष्य ९ विकेट गुमाउँदै ७ बल अगाडि पूरा गरेको थियो ।

त्यो खेलमा मिट भावसारले १ सय ७५ रनको सानदार इनिङ खेलेका थिए । भावसार यो पटक टोलीमा भने छैनन् । आज यू१९ विश्वकप छनोट अन्तर्गत युएईले हङकङसँग प्रतिस्पर्धा गर्नेछ । मलेसियाले सिंगापुरसँग खेल्नेछ ।

नेपालले फागुन १६ (फेब्रुअरी २८) मा मलेसियासँग खेल्नेछ । नेपालले अन्तिम खेल यूएईसँग फागुन १८(मार्च २) मा खेल्नेछ । यू-१९ को खेलहरु इर्डेन गार्डेन र मलेक क्रिकेट स्टेडियम आजमानमा हुनेछन् ।

नेपाली यू–१९ टोली :

देव खनाल (कप्तान), दीपेश कँडेल (उपकप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर (विकेटकिपर) दीपक डुम्रे (विकेटकिपर), हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, सुवास भण्डारी, विशाल विक्रम केसी र मिलन बोहरा । हाम्रो खेलकुदबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिदेशीय टी–२० शृङ्खलाको फाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका आमनेसामने
२०८२ श्रावण ७, बुधबार
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यातयात सञ्चालन ठप्प
२०८२ श्रावण ७, बुधबार
सुनको मूल्य तोलामा २१ सयले बढ्यो
२०८२ श्रावण ७, बुधबार
पुष्पलालप्रति उच्च सम्मानः प्रधानमन्त्री ओली
२०८२ श्रावण ७, बुधबार
एमाले केन्द्रीय कमिटी बैठकले पारित गरेको ८ बुँदे निर्णयमा के छ (पूर्णपाठ)
२०८२ श्रावण ७, बुधबार
भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता
२०८२ श्रावण ७, बुधबार
राष्ट्र बैंकद्वारा आजको विनिमय दर निर्धारण, युरो र पाउण्डमा उच्च मूल्य कायम
२०८२ श्रावण ७, बुधबार