असार २८, २०८२ शनिबार July 12, 2025

अब सरकार पुनर्गठनको प्रक्रिया सुरु हुन्छ : प्रधानमन्त्री प्रचण्ड

संविधान र संघीय लोकतन्त्र गणतन्त्रलाई स्वीकार गर्न नसक्नेहरुसँग सहकार्यले संशय पैदा गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब सरकार गठन पुनर्गठनको प्रक्रिया सुरु हुने बताएका छन् । राप्रपाका मन्त्रीहरुले राजीनामा दिइसकेको भन्दै उनले एमाले करिब करिब प्रतिपक्षमा गएको बताए ।

महेन्द्रनारायण निधि स्मृति दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले संविधान र संघीय लोकतन्त्र गणतन्त्रलाई स्वीकार गर्न नसक्नेहरुसँग सहकार्यले संशय पैदा गर्ने भन्दै उनले आफूले सरकार गठनको २ महिनामै तीतो अनुभव गरेको बताए ।

आफू प्रधानमन्त्री भएपछि केही शक्ति हौसिएको भन्दै उनले भने, ‘जुन गठबन्धनमा छु, यो संविधान र राष्ट्रको हितमा छैन।’

संविधानमाथि प्रहार हुन थाल्दा विगतमा पनि पनि कांग्रेस नेतृत्वमा सहकार्य भएको बताउँदै प्रचण्डले शुक्रबारदेखि नयाँ यात्रा सुरु भएको बताए । उनले अगाडि भने, ‘हिजो खुसी र गर्व महसुस गरेँ ।’

प्रधानमन्त्री त आफूले ८ दलको सहमतिभन्दा धेरै उतै (एमालेसँग) पाइसकेको भएपनि त्यसलाई आफूले मुख्य नमानेको उनले बताए । स्थायित्व र विकास कुन राजनीतिक प्रक्रियाबाट हुनसक्छ भन्ने मुख्य भएको भन्दै प्रधानमन्त्री प्रचण्डले त्यसका लागि आफूले पहल लिएको बताए।

शुक्रबार मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भएको भेटमा आफूले राष्ट्रिय सहमतिको सूत्रधार बन्ने प्रस्ताव राखेको सुनाए । ‘नेपाली कांग्रेसलाई राष्ट्रपति सहमतिले दिउँ । सबभन्दा ठूलो पार्टीको राष्ट्रपति हुन्छ, तपाईंको सभामुख भएकै छ, राष्ट्रियसभाको अध्यक्ष पनि छन्’, प्रचण्डले भने, ‘हामी दुबै गएर कांग्रेसलाई राष्ट्रपति तपाईंह लिनुस् भन्यौं भने नयाँ राष्ट्रिय सहमति हुन्छ भनको थिएँ । तर उहाँ मान्नुभएन ।’

यद्यपि ८ दलको बीचमा जे भयो, त्यो राष्ट्रिय सहमति भएको उनको दाबी छ । ‘किनभने हामी त मिल्न जरुरी थियो नै, सबैलाई यो राजनीतिक प्रक्रियामा इङ्गेज गर्न जरुरी छ’, उनले भने ।

‘एमाले पनि अब कतै जान सक्ने छैन । हो उहाँहरु प्रतिपक्षमा जान सक्नुहुन्छ । करिब करिब जानुभयो । आज मात्रै राप्रपाका मन्त्रीहरुले राजीनामा दिनुभयो । अब कानुनी हिसाबले हामी प्रक्रियामा जानैपर्छ । सरकार नयाँ बन्छ, पुनर्गठन हुन्छ आदि इत्यादि । तर एमालेको सभामुख त हुनुहुन्छ, उहाँहरु फुत्किएर जान सक्ने स्थिति त हुँदैन’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले ८ दलको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेका रामचन्द्र पौडेलले लोकतन्त्र र राष्ट्को हितमा कसैसँग सम्झौता नगर्ने विश्वास समेत व्यक्त गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार