काठमाण्डौः मनमोहन प्राविधिक विश्वविद्यालय सेवा आयोगले खुला तथा आन्तरिक बढुवाका लागि विज्ञापन गरेको छ ।
आयोगले प्रशासन सेवा आन्तर्गतका समान्य प्रशासन र लेखा समूहका छैटौं तथा चौथो तहका पदको खुला तथा आन्तिरिक प्रतियोगितात्मक परीक्षाको लागि आवेदन माग गरेको हो ।
आन्तिरिक प्रतियोगितात्मक परीक्षाबाट पदपुर्ति गर्न १७ जना र कार्यक्षमताका आधारमा तीन जनाको लागि योग्यता पुगेका उम्मेदवारबाट आवेदन माग गरेको छ।
इच्छुक व्यक्तिहरुबाट खुला प्रतियोगिताको हकमा चैत १७ सम्म र देब्बर दस्तुरमा चैत २४ सम्म आवेदन दिन सकिनेछ । साथै आन्तिरिक प्रतियोगिताको हकमा चैत ३ गतेसम्म आवेदन दिन सकिने सूचना जारी गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया