काठमाण्डौः घरेलु टोली सिटी बर्नमाउथमाथि म्यानचेस्टर सिटीले सानदार जित हात हासिल गरेको छ । इंग्लिस प्रिमियर लिग बर्नमाउथमाथि सिटीले ४–१ को फराकिलोृ जीत हासिल गरेको हो ।
भिटालिटी स्टेडियम बर्नमाउथमा शनिबार राति भएको खेलमा सिटीको जितमा जुलियन अल्भारेज, एर्लिङ ब्राउट हालान्ड र फिल फोडेनले गोल गरेका थिए भने बर्नमाउथका जेफर्सन लेर्माले एक गोल फर्काए ।
१५औं मिनेटमा जुलियन अल्भारेजको गोलबाट अग्रता लिएको सिटीले २९औं मिनेटमा हालान्डको गोलबाट अग्रता दोब्बर पार्यो । ४५औं मिनेटमा फिल फोडेनले गोल गरेपछि सिटी पहिलो हाफमा नै ३–० को आरामदायी स्थितिमा अघि बस्यो ।
५१औं मिनेटमा बर्नमाउथका क्रिस मेपामले आत्मघाती गोल गरेपछि सिटी फराकिलो जिततर्फ अग्रसर बन्यो । त्यसपछि ८३औं मिनेटमा जेफर्सनले गोल गर्दै खेललाई ४–१ को स्थितिमा ल्याए । यो जितसँगै सिटी २५ खेलबाट ५५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको शीर्षस्थानको आर्सनलको ५७ अंक छ ।
पराजित बर्नमाउथ २४ खेलबाट २१ अंक जोडेर १९औं स्थानमा छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया