काठमाण्डौः राष्ट्रिय सभाले जसपाका प्रतिनिधि सभाका सांसद शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
आइतबार बसेको राष्ट्रिय सभा बैठकले अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राखेको सांसद रहमानको निधनप्रति शोक प्रस्ताव सर्वसम्मत पारित गरेको हो ।
बैठकले सांसद रहमानप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना समेत व्यक्त गरेको छ ।हृदयघातका कारण भक्तपुरस्थित मध्यपुर अस्पतालमा उपचारको क्रममा उनको १३ फागुनमा निधन भएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया