श्रावण ७, २०८२ बुधबार July 23, 2025

भद्रपुर गोल्डकप : मच्छिन्द्र फाइनलमा

एपीएफलाई १–० को गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र फाइनलमा प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मच्छिन्द्र फुटबल क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको फाइनलमा पुगेको छ । झापाको भद्रपुरस्थित मेची रङ्गशालामा जारी गोल्डकपको अन्तिम सेमिफाइनल खेलमा विभागीय टोली एपीएफलाई १–० को गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र फाइनलमा प्रवेश गरेको हो ।

मच्छिन्द्रका लागि कप्तान सुजल श्रेष्ठले खेलको १७ औँ मिनेटमा गोल गरेका थिए । श्रेष्ठको उक्त गोल नै खेलको निर्णयक गोल बन्यो । आजको खेलको ‘प्लेयर अफ द म्याच’ मच्छिन्द्रका कप्तान सुजल श्रेष्ठ घोषित भएका छन् । उनले नगद २० हजार पुरस्कार पाए ।

उपाधिका लागि मङ्गलबार विभागीय टोली त्रिभुवन आर्मी र मच्छिन्द्र फुटबल क्लब अन्तिम प्रतिस्पर्धा हुनेछ । गोल्डकपको विजेता टोलीले नगद रू १३ लाख र उपविजेताले नगद रू सात लाख पाउने आयोजक समितिका अध्यक्ष दीपेश ढकालले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिदेशीय टी–२० शृङ्खलाको फाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका आमनेसामने
२०८२ श्रावण ७, बुधबार
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यातयात सञ्चालन ठप्प
२०८२ श्रावण ७, बुधबार
सुनको मूल्य तोलामा २१ सयले बढ्यो
२०८२ श्रावण ७, बुधबार
पुष्पलालप्रति उच्च सम्मानः प्रधानमन्त्री ओली
२०८२ श्रावण ७, बुधबार
एमाले केन्द्रीय कमिटी बैठकले पारित गरेको ८ बुँदे निर्णयमा के छ (पूर्णपाठ)
२०८२ श्रावण ७, बुधबार
भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता
२०८२ श्रावण ७, बुधबार
राष्ट्र बैंकद्वारा आजको विनिमय दर निर्धारण, युरो र पाउण्डमा उच्च मूल्य कायम
२०८२ श्रावण ७, बुधबार