श्रावण २, २०८२ शुक्रबार July 18, 2025

युक्रेनको द्वन्द्वमा नेटोले हतियार आपूर्तिमा भाग लिएको रूसी नेता पुटिनको भनाइ

नेटो सदस्य राष्ट्रले युक्रेनलाई हतियार सहयोग गरेर युक्रेन द्वन्द्वमा भाग लिएको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेटो सदस्य राष्ट्रले युक्रेनलाई हतियार सहयोग गरेर युक्रेन द्वन्द्वमा भाग लिएको आरोप लगाउनुभएको छ।

“उनीहरूले युक्रेनमा अर्बौं डलरको हतियार पठाइरहेका छन्। वास्तवमा, यो युद्धमा सहभागिता हो,” पुटिनले आइतबार प्रसारित रोसिया–१ च्यानललाई दिएको अन्तर्वार्तामा भन्नुभयो। पुटिनले भन्नुभयो, “यसको अर्थ के हो भने कीभ सरकारले गरिरहेको अपराधमा अप्रत्यक्ष रुपमा भए पनि उनीहरुले भाग लिइरहेका छन्।”

“पश्चिमा मुलुकहरूको एउटा मात्र उद्देश्य पूर्व सोभियत सङ्घ र यसको मुख्य भाग रूसी सङ्घलाई टुक्राउने रहेको छ,” उहाँले भन्नुभयो। उनीहरूले हामीलाई सभ्य मानिसहरूको तथाकथित परिवारमा भिन्न भिन्न रूपमा मान्यता दिने गरेका छन्।

युक्रेनमा रूसको पूर्ण आक्रमण सुरु भएको एक वर्ष पुग्नुभन्दा एक दिन पहिले गत बिहीबार मस्कोमा आयोजित देशभक्तिपूर्ण कन्सर्टका क्रममा पुटिनले उक्त कुरा बताउनुभएको हो।

अन्तर्वार्तामा पुटिनले बहुध्रुवीय विश्वका लागि आफ्नो आह्वान दोहोर्‍याउँदै यस्तो हुनेमा आफूलाई कुनै अनौठो नलागेकोे बताउनुभएको छ। “हामी केको विरुद्धमा छौं ? सोभियत सङ्घको पतनपछि विश्वलाई आफ्नै शैलीमा ढाल्ने उनीहरूको प्रयासले यो अवस्था निम्त्याएको छ, हामी यसविरूद्ध प्रतिक्रिया दिन बाध्य छौं,” उहाँले भन्नुभयो। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार