श्रावण ८, २०८२ बिहिबार July 24, 2025

क्यानको साधारणसभा : सेभेन-थ्रीसँगको सम्झौता रद्द गर्ने निर्णय

क्यानले २०८० साउनभित्र जिल्ला, प्रदेश र केन्द्रीय निर्वाचन सम्पन्न गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी–२० लिग क्रिकेट प्रतियोगीताको मुख्य साझेदार भारतको सेभेन–थ्री स्टाट्र्स प्रालिसँगको संझौता रद्द गर्ने निर्णय गरेको छ।

क्यानको सुर्खेतमा भएको साधारणसभाले पहिलो संस्करण आयोजना हुँदाको संझौता अनुसार सेभेन–थ्रीले दिनुपर्ने भुक्तानी रकम असुल उपर गर्नका लागि केन्द्रीय कार्यसमितिलाई अख्तियारी दिने निर्णय पनि गरेको छ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपाल टी–२० लिगको कर्मसीयल र रणनीतिक साझेदार भारतको सेभेन–थ्री स्पोट्र्स प्रा.लि.सँग २०७९ पुस ७ गते भएको सम्झौता अनुसार कार्य नगरेकाले सम्झौता रद्द गर्ने निर्णय साधारणसभाले गरेको जानकारी दिए।

‘नेपाल टी–२० लिगको पहिलो संस्करणका दौरान स्पट फिक्सिङमासमेत कम्पनीका सञ्चालक जतिन आह्लुवालीया र सिइओ अभिषेक शकलानी संलग्न भएको देखिएकाले आठौं संस्करणसम्मका लागि भएको सम्झौता रद्द गर्ने निर्णय साधारणसभाले गरेको छ,’ अध्यक्ष चन्दले भने, ‘नेपाल क्रिकेट संघलगायतलाई भुक्तानी गर्न बाँकी रहेको वक्र्यौता रकम असुल उपर गर्नका लागि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन पनि केन्द्रीय कार्यसमितिलाई साधारणसभाले जिम्मेवारी दिएको छ।’

क्यान र भारतीय कम्पनी सेभेन–थ्री स्पोट्र्स प्रा.लि.बीच आठ संस्करणको सम्झौता भएको थियो।

साधारणसभाले केन्द्रीय सदस्यहरु संजयराज सिंह, मो. दाउद अन्सारी, ऋषिराम गौतम, अमितवीर पाण्डे र करण महतारा क्षेत्रीलाई स्पष्टीकरण सोध्न र चित्त बुझ्दो जवाफ नआए निलम्वन गर्न  केन्द्रीय कार्यसमितिलाई अख्तियारी दिएको छ।

‘संघको विधान विपरित संघका विरुद्धमा पत्रकार सम्मेलन गर्ने, विभिन्न निकायहरुमा गई संघलाई नै बदनाम र निलम्वन गराउने उद्देश्यले विभिन्न क्रियाकलापहरु भइरहेकोप्रति यो साधारणसभा खेद प्रकट गर्दछ,’ साधारणसभाको निर्णय सुनाउँदै अध्यक्ष चन्दले भने, ‘कार्यसमिति सदस्यहरुले विधानमा तोकिए बमोजिम काम, कर्तव्य र अधिकार विपरित कार्यसमिति बैठकमा उपस्थित नहुने साथै नेपाल क्रिकेट संघको सर्वोच्च निकाय केन्द्रीय साधारणसभामासमेत उपस्थित नभएर गम्भीर त्रुटी गरेकाले अविलम्व स्पष्टीकरण सोधी चित्त बुझ्दो जवाफ नआएमा निलम्वनसमेतको कारवाही गर्न साधारणसभा केन्द्रीय कार्यसमितिलाई निर्देशन गर्दछ।’

साधारणसभाले बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष राजु बस्न्यात र काठमाडौं जिल्ला क्रिकेट संघलाईसमेत स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। बस्न्यातले फागुन १४ गते नेपाल क्रिकेट संघको कार्यसमितिलाई निलम्वन गरिपाउँ भनी राष्ट्रिय खेलकुद परिषद्मा निवेदन दिएका थिए भने काठमाडौं जिल्ला क्रिकेट संघले केन्द्रीय साधारणसभामा प्रतिनिधि पठाएको थिएन्।

क्यानले २०८० साउनभित्र जिल्ला, प्रदेश र केन्द्रीय निर्वाचन सम्पन्न गर्ने भएको छ। साधारणसभाले आइसीसीसँग समन्वय गरी संघको विधान संशोधन गरेर साउन मसान्तभित्र जिल्ला, प्रदेश र केन्द्रीय निर्वाचन सम्पन्न गर्ने गरी कार्यतालिका बनाउन केन्द्रीय कार्यसमितिलाई जिम्मेवारी दिएको छ।

साधारणसभाले संघको विधान संशोधनका लागि केन्द्रीय सदस्य पदमबहादुर खड्काको संयोजकत्वमा सात सदस्यीय विधान संशोधन मस्यौदा समिति गठन गरेको छ भने बाग्लुङ र पर्वतलाई जिल्ला क्रिकेट संघको मान्यता दिने निर्णय पनि गरेको छ। साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक लेखा परीक्षण प्रतिवेदन अनुमोदन गर्नुका साथै सन् २०२३ को वार्षिक कार्यक्रम र बजेट संशोधनसहित पारित गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार