काठमाण्डौः बेलारुसबाट निर्वासित विपक्षी दलहरूको संगठनले राजधानी मिन्स्क नजिक रहेको एक एयरस्ट्रिपमा रुसी विमान नष्ट गरिएको दाबी गरेको छ ।
‘पार्टिसन्सले मिन्स्क नजिक माचुलिश्ची एयरफील्डमा रुसको विमान ध्वस्त पार्नका लागि विशेष कारवाही गरेका छन्,’ फ्रानाक भियाकोर्काले ट्वीटमार्फत जानकारी दिए । उनी विपक्षी नेत्री स्वेत्लाना त्सिखानुस्कायाका सल्लाहकार हुन् ।
यस कारवाहीमा दुईजना बेलारुसीले ड्रोन उपयोग गरेका थिए । उनीहरू दुवैजनाले देश छोडिसकेको र सुरक्षित रहेको पनि बताइएको छ । रुसको ए–५० गुप्तचर विमानलाई तारो बनाइएको भियाकोर्काको भनाइ छ । विमानको मूल्य ३४ करोड ८० लाख डलर छ ।
‘बेलारुसमा रुसले गरेको नियन्त्रणलाई प्रतिकार गर्ने तथा युक्रेनको स्वतन्त्रताका लागि लड्ने सबै बेलारुसीहरूप्रति मलाई गर्व छ,’ विमान नष्ट गरिएको खबरपछि त्सिखानुस्कायाले ट्वीट गरिन् ।
यस कारवाहीलाई स्वतन्त्र रूपमा पुष्टि गरिएको छैन । रुसी सेनाले यस विषयमा बयान जारी गरिसकेको छैन । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया