कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

फिलाटेलिक आवरण प्रदर्शनी सुरु

प्रदर्शनी यही फागुन १७ गतेसम्म सञ्चालन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाल फिलाटेलिक सोसाइटीद्वारा फिलाटेलिक आवरण प्रदर्शनी–२०७९ आजदेखि सुरु भएको छ । नेपाल कला परिषद्, बबरमहलमा सुरु भएको उक्त प्रदर्शनीको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले टिकटमा टाँचा लगाइ उद्घाटन गर्नुभयो ।

सचिव डा अर्यालले नयाँ पुस्तालाई नेपालको कला, संस्कृति, हुलाक टिकटप्रति जानकारी दिन तथा अभिरुचि होस् भन्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताउनुभयो ।

नयाँ पुस्तामा आकर्षण, जानकारीका लागि प्रदर्शनीले टेवा पुर्‍याउने उल्लेख गर्दै सचिव अर्यालले नेपाल र नेपालीले गरेका हुलाकसम्बन्धी पहल फिलाटेलिकको प्रवर्द्धन र निरन्तरताका लागि मन्त्रालय सहयोग गर्न तयार रहेको धारणा व्यक्त गर्नुभयो ।

सोसाइटीका अध्यक्ष केदार प्रधानले हुलाक सेवा विभागको सहकार्यमा सोसाइटी सञ्चालनमा रहेको उल्लेख गर्दै नेपाली हुलाक टिकट विश्वमा नै परिचित रहेकाले मुलुकको पहिचान अन्तर्राष्ट्रिय क्षेत्रमा समेत रहेको बताउनुभयो । प्रदर्शनी यही फागुन १७ गतेसम्म सञ्चालन हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सञ्चारमन्त्रीद्वारा कतार र इस्टोनियाका समकक्षीसँग सूचना प्रविधिमा सहकार्य गर्ने विषयमा छलफल
२०८३ कार्तिक २७, शुक्रबार
देउसीभैलोको दक्षिणा माध्यमिक कक्षा सञ्चालनमा
२०८३ कार्तिक २७, शुक्रबार
२३ खेलमा प्रतिस्पर्धा गर्न इलामका ३७० खेलाडी प्रदेश छनोटमा जाँदै
२०८३ कार्तिक २७, शुक्रबार
आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय
२०८३ कार्तिक २७, शुक्रबार
यस्तो छ आजको मौसम पूर्वानुमान
२०८३ कार्तिक २७, शुक्रबार
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
२०८३ कार्तिक २७, शुक्रबार
अपडेटः भीमफेदी इभी दुर्घटना एकै परिवारका छसहित १४ जनाको मृत्यु
२०८३ कार्तिक २६, बिहिबार