श्रावण ७, २०८२ बुधबार July 23, 2025

न्युजिल्यान्डले इंग्ल्यान्डलाई एक रनले हरायो

इंग्ल्यान्डमाथि न्युजिल्यान्डको सनसनीपूर्ण एक रनको जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः टेस्ट क्रिकेटमै सबैभन्दा रोमाञ्चक खेलमध्ये एक रहेको प्रतिस्पर्धामा न्युजिल्यान्डले मंगलबार इंग्ल्यान्डलाई एक रनले पराजित गरेको छ ।

दुई टेस्ट शृंखलाको दोस्रो टेस्टको अन्तिम टिम सनसनीपूर्ण खेलमा इंग्ल्यान्ड आफ्नो दोस्रो इनिङ्समा २ सय ५६ रन बनाएर अलआउट भयो । इंग्ल्यान्डले जितका लागि २ सय ५८ रनको लक्ष्य पाएको थियो । उसलाई जितका लागि दुई रन चाहिएको स्थितिमा अन्तिम ब्याटर जेन्स एन्डरसन नेल वान्गरको बलमा आउट भए ।

एन्डरसनको अर्को छेउ ज्याक लेच ३१ बलमा एक रन बनाएर नटआउट रहे । फलो अनमा परेको न्युजिल्यान्डले यस टेस्टमा ऐतिहासिक जित निकालेको हो । यससँग दुई खेलको शृंखला १–१ को बराबरीमा टुंगेको छ ।

पाहुना टिमले आफ्नो पहिलो इनिङ्समा आठ विकेट गुमाएर ४ सय ३५ रनमा टुंगेको घोषणा गरेको थियो । त्यसको जवाफमा न्युजिल्यान्डले २ सय ९ रन बनाएयता दोस्रो इनिङ्समा सुदृढ प्रदर्शन गर्दै ४ सय ८३ रनको स्कोर खडा गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया