असार २१, २०८२ शनिबार July 5, 2025

अन्तर्राष्ट्रिय फुटबलमा कोरोना भाइरसको प्रभाव दुई–तीन वर्ष सम्म पर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कोरोना भाइरसको महामारीको प्रभाव अन्तर्राष्ट्रिय फुटबलमा दुई वा तीन वर्षसम्म पर्ने युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएको कार्यकारी समितिका सदस्यले बताएका छन् ।

युरोपियन लिगका अध्यक्ष लार्स–क्रिष्टर ओल्सोनले कोरोना भाइरसको महामारीले परेको प्रभाव यकिन रुपमा थाहा पाउनका लागि पर्ख र हेरको अवस्था रहेको बताएका छन ।

यो महामारीको प्रभाव सन् २०२२ को कतार विश्वकपमा पनि पर्ने देखिएको उनले बताएका छन । युइएफएले च्याम्पियन्स लिग र युरोपा लिगका यो सिजनका बाँकी खेल आउँदो अगस्टमा सम्पन्न गर्ने अपेक्षा गरेको छ । तर यसको निर्णय भने अवस्था हेरेर मे को अन्त्यतिर लिइने जनाइएको छ।

कोरोना भाइरसको महामारीका कारण अहिले विश्वका अधिकांश लिग तथा फुटबल गतिविधि रोकिएका छन् । यसकै कारण युरोपक २०२० र महिला युरोकप २०२१ एक–एक वर्ष पछि धकेलिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया