श्रावण ७, २०८२ बुधबार July 23, 2025

केपी ओली कप फाइनल : सातदोबाटो र मछिन्द्रबिच प्रतिस्पर्धा हुँदै

प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडीले १ लाख नगद पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको फाइनलमा सातदोबाटो र मछिन्द्र फुटबल क्लब बिच प्रतिस्पर्धा हुने भएको छ ।

आयोजक केपी एफसीलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको मछिन्द्र र आर्मी फुटबल क्लबलाई सडन डेथमा ६–५ ले पराजित गर्दै फाइनलमा पुगि सातदोबाटो बिच प्रतिस्पर्धा हुन लागेका हो ।

केपी ओली कपः उपाधिका लागि सातदोबाटो र मछिन्द्र खेल्ने

आठ टोली सहभागी रहेको उक्त खेलमा एन्फा कम्पलेक्सको खेल मैदामा हुदैँ आएको थियो भने फाइनल दशरथ रंगशालामा आज हुदैछ ।

नेकपा एमाले निकट युवा स‌‌घकाे आयाेजनामा भईरहकाे खेलकाेमा विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडीले १ लाख नगद पाउने छन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदियमान खेलाडीले ५० हजार पाउने छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया