काठमाडौंः पेनाल्टी सुटआउटमा सातदोबाटो युथ क्लबलाई १-१ (५-४) को नतिजामा पराजित गर्दै मछिन्द्र फुटबल क्लबले केपी ओली कपको उपाधि उचालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि नतिजा पेनाल्टी मार्फत लिइएको थियो ।
खेलको पाँचौं मिनेटमा मछिन्द्रका ओलावाले अफिजले गोल गर्दै अग्रता दिलाएका थिए । सातदोबाटोका जोर्डन जुनियर ओवानाले बराबरी गोल फर्काएका थिए । त्यसपछि थप गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
उपाधि विजेता मछिन्द्रले १० लाख प्राप्त गर्नेछ भने, उप-विजेता सातदोबाटोले ५ लाख पाउनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया