श्रावण २, २०८२ शुक्रबार July 18, 2025

यमन हवाई हमलामा अल-कायदाका शीर्ष नेता मारिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः युद्धग्रस्त यमनमा संदिग्ध अमेरिकी हवाई हमलामा अल–कायदाका एक वरिष्ठ व्यक्ति मारिएका सुरक्षा र स्थानीय सरकारी स्रोतहरूले बुधबार एएफपीलाई बताएको छ ।

अल–कायदा इन द अरेबियन पेनिन्सुला (एक्युएपी) का शीर्ष नेता हमाद बिन हमाउद अल–तामिमी, जसलाई वाशिंगटनले विश्वव्यापी जिहादी नेटवर्कको सबैभन्दा खतरनाक शाखाहरू मध्ये एक मान्दछ ।  सो हवाई आक्रमणमा  परी एक अङ्गरक्षकसहित मृत्यु भएको एक सुरक्षा अधिकारी जानकारी दिएका छन् ।

अल–तामिमीले हालै भाडामा लिएको उत्तरी प्रान्त मारिबको एउटा घरलाई निशाना बनाएर गरिएको हवाई हमला स्पष्ट रूपमा अमेरिकी भएको अधिकारीले बताएका छन् ।

एक मारिब सरकारी अधिकारीले पनि मृत्युको पुष्टि गरेका छन् । अब्देल अजिज अल–अदनानी भनेर चिनिने साउदीकी तमिमीले एक्युएपीको नेतृत्व परिषद्को नेतृत्व गरेका र आतङ्कवादी समूहको “न्यायाधीश“ को रूपमा काम गरेका स्रोतले जानकारी दिएका छन् । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार