काठमाडौं । राहत वितरणमा पक्षपात भएको भन्दै डोटीको केआइसिंह गाउँपालिका–४ का वडाध्यक्ष जयलाल धामीलाई स्थानीयवासीले हातपात गरेका छन् ।
वडाध्यक्ष धामीलाई कुटपिटका साथै वडा कार्यालयमा तालाबन्दी गरिएको छ । राहत वितरण कार्यक्रममा स्थानीयले पक्षपातपूर्ण व्यवहार भएको भन्दै हातपात गरेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी कर्ण बोहराले जानकारी दिएका छन।
यसबारे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले भने, “वडाअध्यक्ष राहत वितरण गरिरहेका थिए, एक्कासी आएर केही व्यक्तिले उहाँमाथि हातपातसहित कुटपिट गरेका रहेछन्, यसको छानबिन गर्न थालेका छौँ ।”
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया