श्रावण २, २०८२ शुक्रबार July 18, 2025

ग्रिसमा रेल दुर्घटना : मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो

दुईवटा रेल एक आपसमा ठोक्किँदा ३२ जनाको मृत्यु हुनुको साथै कम्तीमा ८५ जना घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ग्रिसमा मङ्गलबार अबेर राति दुईवटा रेल एक आपसमा ठोक्किँदा ३२ जनाको मृत्यु हुनुको साथै कम्तीमा ८५ जना घाइते भएका सीएनएनले जनाएको छ । ग्रिसको लारिसा सहरनजिकैको मध्य ग्रिसको टेम्पीमा मङ्गलबार साँझ तीन सय ५० भन्दा बढी यात्रु बोकेको यात्रुवाहक रेल एक मालवाहक रेलसँग ठोक्किँदा कम्तीमा ३२ जनाको मृत्यु हुनुका साथै ८५ भन्दा बढी घाइते भएका ग्रिसको फायर सर्भिसले जनाएको छ ।

उद्धारको प्रयास जारी छ र मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ग्रिसमा रेल दुर्घटनामा परी ३२ जनाको ज्यान गएको छ । मङ्गलबार भएको सो दुर्घटनामा परी ३२ जनाको मृत्यु हुनुको साथै अन्य ८५ घाइते भएका ग्रिसका अधिकारीहरूले पुष्टि गरेका छन् ।

दुई रेलहरू बीचको टक्करको गम्भीरताका कारण क्रेन बोक्ने सवारीहरूले निकाल्ने काममा सहयोग गरिरहेका फायर ब्रिगेडले एक विज्ञप्तिमा जानकारी दिइएको छ । ग्रीक फायर सर्भिसका प्रवक्ता भासिलिस् वार्थाकोगियानिसले १९४ यात्रुलाई सुरक्षित रूपमा थेसालोनिकी लगिएको सीएनएनले जनाएको छ ।रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार