श्रावण ७, २०८२ बुधबार July 23, 2025

नेपालले टस जितेर ब्याटिङ रोज्यो

नेपाल आजको खेलमा विजयी भए आगामी वर्ष श्रीलङ्कामा आयोजना हुने यु-१९ विश्वकप क्रिकेटको भए यात्रा तय गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः आइसिसी यु-१९ विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत युएईविरुद्धको आफ्नो अन्तिम खेलमा नेपालले टस जितेको छ ।

युएईको अजमानको इडन ग्रार्डेन ओभल त्रिकेट मैदानमा टस जितेर कप्तान देव खनालले पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् । नेपाल आजको खेलमा विजयी भए आगामी वर्ष श्रीलङ्कामा आयोजना हुने यु-१९ विश्वकप क्रिकेटको भए यात्रा तय गर्नेछ । नेपाल सन् २०१६ पछि पहिलो पटक विश्वकप खेल्ने उद्देश्यका साथ मैदानमा उत्रनेछ ।

प्रतियोगितामा नेपालले यसअघि खेलेका चार वटै खेलमा विजयी भएको थियो । नेपालले यसअघि सिङ्गापुर, कुवेत, हङकङ र मलेसियालाई पराजित गरेको थियो । यता युएईले पनि सिङ्गापुर, कुवेत, हङङकङ र मलेसियालाई पराजित गरेको छ । नेपाल र युएईबीचको विजेताले यू-१९ विश्वकपको यात्रा तय गर्नेछ ।

नेपालको प्लेईङ–११ मा कप्तान देव खनालसहित आकाश त्रिपाठी, दीपक बोहरा, आकाश चन्द, अर्जुन कुमाल, विशालविक्रम केसी, दीपेश कँडेल, हेमन्त धामी, मिलन बोहरा, सुवास भण्डारी र उत्तम थापा मगर छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार