श्रावण २, २०८२ शुक्रबार July 18, 2025

सिड्नीमा १२ वर्षीय छोराको अगाडि गोली हानेर बाबुको हत्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अस्ट्रेलियाको सिड्नीमा एक १२ वर्षीय किशोरका अगाडि गोली हानेर उनका बाबुको हत्या भएको छ ।

मार्शल आर्ट जिममा प्रवेश गर्ने योजनामा रहेका एक व्यक्तिलाई निजकै कारभित्र गोली हानी हत्या गरिएको साउथ वेल्स राज्यको प्रहरीले जनाएको छ ।

गोली प्रहारका बेला उनका छोरा साथमै रहेका प्रहरीले एक विज्ञप्ति निकालेर बताएको छ । प्रहरीले यो संगठित अपराधको लक्षित आक्रमण भएको आशङ्का गरेको छ । ४० वर्षीय ती व्यक्तिलाई गोली लागेको अवस्थामा भेटिएको तथा चिकित्सा सहायकहरूको प्रयासका बाबजुद उनको घटनास्थलमै मृत्यु भएको थियो । हत्याको कारण खुलेको छैन । प्रहरी अनुसन्धान जारी छ ।

हिंसात्मक उक्त आक्रमणबाट ती किशोरलाई मानसिक आघात पुगेको ठानिएको छ । कार चढेर आएका आक्रमणकारीले हत्यापछि उक्त कार जलाएको जनाउँदै प्रहरीले त्यससम्बन्धी क्लोज सर्किट टेलिभिजन फुटेजका लागि स्थानीय बासिन्दासँग अनुरोध गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार