असार २८, २०८२ शनिबार July 12, 2025

चीन र भारत जोड्ने सडक निर्माण छिट्टै पूरा गर्न राष्ट्रपतिको निर्देशन

भारत र चीन जोड्ने सडक निर्माण गर्न ढिलाइ गर्न नहुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रपति विद्यादेवी भण्डारीले चीन र भारत जोड्ने सडकको निर्माण छिट्टै पूरा गर्न निर्देशन दिनुभएको छ ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँधसम्म करिब एक हजार एक सय मिटर सडक निर्माण भइसकेको र बाँकी १२ किलोमिटर सडक निर्माण छिट्टै पूरा गर्न निर्देशन दिनुभएको हो ।

ग्रामीण विकास टुकी सङ्घको टुकी अवधारण र अभियानको ४५औँ वर्ष सम्पन्नको सुखद् अवसरमा आयोजित टुकी प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रपतिले भारत र चीन जोड्ने सडक निर्माण गर्न ढिलाइ गर्न नहुने बताउनुभएको हो ।

दोलखा जिल्लाको विकासका लागि डाँङडुगे डाँडामा अन्तर्राष्टियस्तरको फिल्म सिटी बन्ने घोषणा भएको तर काम तदारुपताका साथ अघि नबढेकाले ढिलासुस्ती नगर्न राष्ट्रपति भण्डारी आग्रह गर्नुभयो ।

पवित्र धार्मिकस्थल भीमेश्वर महादेवकोे दर्शनपछि दोलखा सदरमुकाम चरिकोटमा टुकी प्रदर्शनी कार्यक्रमलाई उहाँले सम्बोधन गर्नुभएको हो ।

जिल्लामा ४५ वर्षअघि ग्रामीण भेगका किसानको जीवनस्तर उकास्न टुकी अवधारणा सुरु गरिएको थियो ।

गरिबीको रेखामुनी रहेका कृषकलाई व्यावसायिक कृषिको तालिम प्रदान गरी टुकी नामाकरण गरिएको दिनलाई स्मरण गरिएको छ ।

स्थापनाकालदेखि हालसम्म प्रतिबद्ध टुकीको अथक प्रयासले विकासको यो अवधारणा सफल भएको टुकी सङ्घका कार्यकारी निर्देशक पुरुषार्थ श्रेष्ठले राष्ट्रपतिलाई जानकारी गराउनुभयो ।

जिल्लाभर करिब छ सय टुकीहरु सक्रिय भएको १४ वर्षपछि विसं २०४८ मा जिल्लामा सङ्घको विधिवत गठन गरिएको थियो ।

टुकी सङ्घमार्फत जिल्लाका हरेक कुना काप्चामा पुगेर विकासे काम गरिएको र काममा निष्पक्षता साथै पारदर्शिता अपनाउँदै आइएको टुकी सङ्घका कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो ।

जिल्लाका सबै स्थानीय तहसम्म संरचना निर्माण गर्ने र टुकी अभियान विस्तार गर्दै विशुद्ध सामाजिक अभियान फैलाउने कनम गरेको उहाँले जानकारी दिनुभयो ।

टुकीको मूल मन्त्र जल, थल, मल, बल, फलसम्बन्धी विषयवस्तुमा आधारित सैद्धान्तिक र व्यावहारिक ज्ञान र सीप हस्तान्तरण हुने १५ देखि २१ दिनसम्मको सघन अगुवा कृषक र ग्रामीण विकास स्वयंसेवक (टुकी) तालिम टुकी सिर्जना गर्ने मूल आधार भएको अध्यक्ष मकरध्वाज पाखरिनले बताउनुभयो ।

टुकीको साझा संस्था दुवै टुकी सङ्घले महिला र बालबालिकाको स्वास्थ्य र पोषण सुधारको क्षेत्रमा पनि काम गर्दै आएको छ । यसबाट विशेषत सुनौला एक हजार दिनको आमा तथा दुई वर्ष मुनिका बच्चाको स्वास्थ्य तथा पोषण सुधारमा योगदान पुगेको उहाँको दाबी गर्नुभयो ।

टुकी सङ्घ सुनकोशीले विसं २०५६ मा आफ्नै स्रोतमा भवन निर्माण गरी कार्य सञ्चालन गरिरहेको छ ।

विसं २०७२ को भूकम्पबाट आङ्शिक क्षति भएको भवन मर्मत सम्भार तथा पुनःनिर्माण हुनुका साथै अर्को एक वटा तालिम कक्षसहितको भवन निर्माण भएको कुरा राष्ट्रपतिप्रति समक्ष जानकारी गराइएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार