काठमाण्डौंः १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि छत्रेश्वरी गाउँपालिकाले उचालेको छ । प्रतियोगितामा १० स्वर्ण, १५ रजत २ कास्य पदक गरी २७ पदक हात पार्दै छत्रेश्वरी गाउँपालिकाले शिल्ड उचालेको हो ।
त्यस्तै ८ स्वर्ण, ४ रजत र ३ कास्य गरेर जम्मा १५ पदक जित्दै बागचौर नगरपालिका दोस्रो भएको छ भने ७ स्वर्ण, ६ रजत र ६ कास्य पदकसहित जम्मा १९ पदक जितेर कुमाख गाउँपालिका तेस्रो भएको छ । ६ स्वर्ण, ४ रजत १० कास्य सहित जम्मा २० वटा पदक जितेर शारदा नगरपालिका सान्त्वना भएको छ ।
यस्तै, बनगाड कुपिण्डे नगरपालिकाले १ रजत र १ कास्य, कपुरकोट गाउँपालिकाले ३ स्वर्ण, ३ रजत र १० कास्य, त्रिवेणी गाउँपालिकाले ४ कास्य, सिद्ध कुमाख गाउँपालिकाले ५ स्वर्ण, २ रजत र २ कास्य, दार्मा गाउँपालिकाले ५ स्वर्ण, ७ रजत र ६ कास्य, र कालीमाटी गाउँपालिकाले १ रजत र १ कास्य हात पार्न सफल भएका छन् ।
फागुन १५ देखि १८ गतेसम्म सल्यानको बागचौर नगरपालिका २ थारमारेमा सञ्चालित प्रतियोगितामा छात्र र छात्रा तर्फका भलिबल, कबड्डी, एथ्लेटिक्स अन्तर्गतका खेल, मार्सल आर्टका खेलहरूमा जिल्लाका १० वटा पालिकाका खेलाडीहरूले सहभागिता जनाएका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया