श्रावण ७, २०८२ बुधबार July 23, 2025

आइसिसी यू–१९ विश्वकप : युएईलाई हराउँदै नेपाल विश्वकपमा

संयुक्त अरब इमिरेट्स (युएई)लाई हराउँदै नेपालले विश्वकपको यात्रा तय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आइसिसी यू–१९ विश्वकप एशिया छनोटअन्तर्गतको अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई हराउँदै विश्वकपको यात्रा तय गरेको छ  ।

युएईको अजमानको इडन गार्डेन ओभल मैदानमा आज भएको खेलमा नेपालले युएईलाई सात रनले पराजित गर्दै आगामी वर्ष श्रीलङ्कामा आयोजना हुने विश्वकपको यात्रा तय गरेको हो । नेपाल सन् २०१६ पछि पहिलोपटक विश्वकपका लागि छनोट भएको हो । जितका लागि नेपालले दिएको एक सय ९२ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभरमा एक सय ८४ रनमा समेटियो ।

युएईका लागि इथन डिसुजाले ६६ बलमा ५ चौकाको मद्दतमा सर्वाधिक ५० रनको योगदान दिए भने आर्यन सक्सेनाले ३४, आर्यन्स शर्माले ३२, अमर बदामीले १९, ध्रुव परासरले १७ तथा मारुफ मर्चेन्टले अविजित १२ रन बनाए ।

नेपालका लागि दिपेश कँडेलले पाँँच तथा सुवास भण्डारी र हेमन्त धामीले समान दुई÷दुई विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ९१ रनको योगफल तयार गरेको थियो ।

नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ५१ रन जोडे । उनले ८४ बलमा तीन चौका र एक छक्काको मद्दतमा ५१ रन जोडेका हुन । यसैगरी विशालविक्रम केसीले ३८, उत्तम थापा मगरले ३६, दिपेश कँडेलले १५, हेमन्त धामीले १३ तथा मिलन बोहराले १० रन बनाए ।

युएईका लागि ध्रुव परासरले तीन, हरित सेट्टी र कप्तान आयन खानले समान दुई/दुई विकेट लिए । त्यस्तै हर्षित सेठ र अमर बदामीले समान एक विकेट लिए । नेपालले छनोट चरणको पाँच खेलमा पाँचै वटामा जित हासिल गरेको थियो । नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ८६, दोस्रो खेलमा कुवेतलाई दुई सय ४३, तेस्रो खेलमा हङ्कङलाई ९ विकेट र चौथो खेलमा मलेसियालाई १० विकेटले पराजित गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार