श्रावण ७, २०८२ बुधबार July 23, 2025

सुकुम्बासी रिक्जना, जसले सामान्य अभ्यासका भरमा चार स्वर्ण जितिन

उदीयमान रिक्जना प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः म्याग्दी नदीको बाढीले रिक्जना माझीको घरखेत सबै बगायो। बाढीले उनको परिवारलाई सुकुम्बासी बनायो। बुबा तिलक र आमा विष्णुले दैनिक मजदुरी गरेर परिवारको लालनपालन गरे। मङ्गला गाउँपालिका–५ अमर्नको पोक गाउँकी १४ वर्षीया रिक्जनाले बाआमाको संघर्षलाई सम्झिदै पढाइ र खेलकुदमा सक्दो मेहनत गर्दै आएकी छिन्।

सुकुम्बासी परिवारकी उनले हालै सम्पन्न जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्डमा एथ्लेटिक्सतर्फको विभिन्न विधामा चार स्वर्ण पदक जितिन्। उदीयमान रिक्जना प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। अहिले जिल्लाभरी उनको चर्चा चुलिएको छ। मेहनती र लगनशील भए जस्तोसुकै दुःख हण्डर खाएर पनि सफलता हात प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण हुन् रिक्जना।

म्याग्दी नदीको कटानले घरखेत बगाएपछि माझी परिवार टहरा बनाएर बसेको छ। बाआमाले जस्तै रिक्जनाले पनि फुर्सदमा दैनिक मजदुरी गर्दै आएकी छन्। बाँकी समय उनले पढाइ र खेलकुदमा खर्चेकी छिन्। रिक्जनाले मेहनत र परिश्रमबाट प्राप्त हुने सफलतालाई गरिबीले छेक्न सक्दैन भन्ने उदाहरण बनेर देखाएको मङ्गला माविका खेल शिक्षक हर्क छन्त्यालले बताए। रिक्जनाको प्रदर्शनका कारण एथ्लेटिक्सको समूहगत खेलमा रजत र कास्य पदकसमेत प्राप्त गर्न सफल भएको उनले बताए।

‘रिक्जनाले अभावै अभावमा पालिकालाई पदक दिलाएकी छिन्, एथ्लेटिक्सकी भविष्य हुन्, अनुभवी प्रशिक्षकको साथ पाए धेरै प्रगति गर्नसक्छिन्,’ खेल शिक्षक छन्त्यालले भने। रिक्जनाले म्याग्दी सदरमुकाम बेनीमा यही साता सम्पन्न राष्ट्रपति रनिङ शिल्डमा त्रिपलजम्प र रिले दौडमा चार स्वर्ण जितेकी हुन्।

उक्त प्रतियोगितामा व्यक्तिगतरुपमा धेरै पदक जित्ने कीर्तिमान बनाएकी उनी कास्कीको पोखरामा हुने गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कपका लागि छनोट भएकी छन्। रिक्जनाले गत माघमा सम्पन्न पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डमा छ स्वर्ण पदक जितेकी थिइन्। रिक्जना मङ्गलामावि बाबियाचौरमा कक्षा ८ मा अध्ययनरत् छिन्।

उनी एथ्लेटिक्सतर्फ जिल्लाकै उदीयमान खेलाडी हुन्। उनकै खेल प्रदर्शनले विद्यालय जिल्लामै तृतीय स्थान प्राप्त गर्न सफल भयो। ‘अवसर र वातावरण पाए खेलमा अझै राम्रो गर्न सक्छु,’ रिक्जना भन्छिन्। एथ्लेटिक्सतर्फ राष्ट्रिय प्रतियोगितामा म्याग्दीलाई पदक दिलाउने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ। माझीको घरको अवस्था भने अत्यन्त दयनीय छ। बिहान खाए, बेलुकी के खाउँको अवस्था छ। बाआमाले मजदुरी गरेरै जीविका चलाएका छन्। तर रिक्जनाले बाआमालाई थोरै भए पनि खुसी दिलाएकी छन्।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी विपन्न परिवारमा हुर्किएकी उनको खेल जीवन अघि बढाउन आफूले सक्दो सहयोग गर्ने बताउँछन्। ‘स्थानीय तहले यस्ता प्रतिभालाई मद्दत गर्नु पर्छ,’ केसीले भने। रिक्जनाले खेलमा राम्रो गर्न सक्ने सम्भावना भए पनि उनको आर्थिक अवस्था बाधक बनेको छिमेकी श्याम विक बताउँछन्। रिक्जनाले गाउँघरमा दौड्दादौड्दै जिल्लास्तरीय खेलकुद प्रतियोगितामा भाग लिएको उनले बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार