कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

सुनचाँदीको मूल्य घट्यो

चाँदी १२ सय ६५ रूपैयाँमा कारोबार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेकाे छ । बिहीबार सुनको मूल्य ३०० रुपैयाँले बढेको थियो भने शुक्रबार १०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलाको १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुनको मूल्य १ लाख २ हजार ६०० रूपैयाँमा कारोबार भएको थियो ।

यसैगरी तेजावी सुनको मूल्य शुक्रबार १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार तेजावी सुन तोलाको १ लाख २ हजार १०० रुपैयाँ तोकिएको थियो ।

शुक्रबार चाँदी तोलामा ५ रुपैयाँले घटेको छ। संघका अनुसार चाँदी १२ सय ६५ रूपैयाँमा कारोबार भएको छ। बिहीबार चाँदी तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सञ्चारमन्त्रीद्वारा कतार र इस्टोनियाका समकक्षीसँग सूचना प्रविधिमा सहकार्य गर्ने विषयमा छलफल
२०८३ कार्तिक २७, शुक्रबार
देउसीभैलोको दक्षिणा माध्यमिक कक्षा सञ्चालनमा
२०८३ कार्तिक २७, शुक्रबार
२३ खेलमा प्रतिस्पर्धा गर्न इलामका ३७० खेलाडी प्रदेश छनोटमा जाँदै
२०८३ कार्तिक २७, शुक्रबार
आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय
२०८३ कार्तिक २७, शुक्रबार
यस्तो छ आजको मौसम पूर्वानुमान
२०८३ कार्तिक २७, शुक्रबार
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
२०८३ कार्तिक २७, शुक्रबार
अपडेटः भीमफेदी इभी दुर्घटना एकै परिवारका छसहित १४ जनाको मृत्यु
२०८३ कार्तिक २६, बिहिबार