असार २८, २०८२ शनिबार July 12, 2025

संसदमा महिला सांसद्हरुको सहभागिता र सक्रियता बढेको छ : सभामुख घिमिरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सभामुख देवराज घिमिरेले संसदमा महिला सांसद्हरुको सहभागिता र सक्रियता बढेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा प्रेस काउन्सिल नेपालद्वारा आज काठमाडौँमा आयोजित मिडियामा महिलाका सवाल विषयक अन्तरक्रियामा सभामुख घिमिरेले महिलाका सवालमा सांसद्हरुको सहभागिता र सक्रियता बढेको भन्नुहुँदै मिडियाले पनि उचित स्थान दिनुपर्ने बताउनुभयो ।

सभामुख घिमिरेले महिला सांसदहरूलाई मिडियामैत्री बनाउन विभिन्न योजना तथा कार्यक्रम अघि सारेको पनि बताउनुभयो ।

महिलाको सहभागिता र सक्रियताको प्रचार हुन सकेन : सभामुख घिमिरे

सभामुख घिमिरेले संसद्मा विचाराधीन मिडिया सम्बन्धी ऐन कानुनका विषयमा व्यापक छलफल गरी सबै दल र सांसद्हरुमार्फत ऐनको संशोधन र परिमार्जनका लागि पहल गर्न आग्रह गर्नुभयो ।

अन्तरक्रियाका सहभागीहरूले नीति निर्माण र मिडियाको व्यवस्थापकीय तहमा महिला पत्रकारको प्रतिनिधित्व सुनिश्चित गरिनु पर्ने धारणा राख्नुभयो ।

अन्तरक्रियामा अधिवक्ता दुर्गा भण्डारी र डा. कुन्दन अर्यालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया