श्रावण २, २०८२ शुक्रबार July 18, 2025

मध्य ग्रीकमा रेल दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ५७ पुग्यो

अग्नि नियन्त्रक सेवाले शुक्रवारसम्ममा घाइतेको खोजी र सम्पूर्ण उद्धारको काम सक्ने अनुमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मध्य ग्रीकमा गत मङ्गलबार राति भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५७ पुगेको छ ।

ग्रीकमा दुई रेल एकआपसमा ठोक्किएर भएको सो दुर्घटनामा परेर ज्यान जानेको सङ्ख्या ५७ पुगेको बिहीबार यहाँका अधिकारीहरुले जानकारी दिएका हुन् ।

उनीहरूले सो दुर्घटनाका घाइतेहरूमध्ये बिहीबारसम्म थप केहीको मृत्यु भएको बताएका थिए । उक्त घटनामा यसअघि नै ३६ जनाको मृत्यु भएको बताइएको थियो ।

ती घाइते भएकाहरूमध्ये ६६ जना अस्पतालमा भर्ना भएका थिए । अस्पताल भर्ना भएका गम्भीर अवस्थामा रहेका थपको निधन भएपछि यसबाट ज्यान जानेको सङ्ख्या ५७ पुगेको अधिकारीहरूले बिहीबार जानकारी दिएका हुन् ।

बिहीबार पनि सो दुर्घटनाका बारेमा जानकारी दिइएको थियो । त्यस क्रममा ग्रीकको अग्नि नियन्त्रक सेवाका अधिकारीले पत्रकार सम्मेलनमा यहाँको अग्नि नियन्त्रक सेवाका युनिटहरूले भग्नावशेषमा बाँचेकाहरूको खोजी र उद्धार कार्य गरेको जानकारी दिए ।

मध्य ग्रीकको टेम्पी नगरपालिकामा मङ्गलबार मध्यरातमा मालवाहक रेलमा ठोक्किएर दुर्घटना भएको यात्रुवाहक रेल ठक्करपछि रेलको अघिल्लो भाग आगोको लप्कामा फसेको थियो ।

यहाँको रेल सेवाका अधिकारीले दिएको जानकारीअनुसार उक्त यात्रुवाहक रेलमा तीन सय ४६ जना यात्रु सवार थिए । दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको ग्रीक प्रहरीले जनाएको छ ।

ग्रीक प्रहरीका प्रवक्ताले अझै पनि सो दुर्घटनामा परेका ४८ जना घाइते अस्पतालमा रहेका छन् । ती घाइतेमध्ये छ जना गम्भीर अवस्थामा रहेका र उनीहरूको आइसियुमा उपचार भइरहेको छ ।

यहाँको अग्नि नियन्त्रक सेवाले शुक्रवारसम्ममा घाइतेको खोजी र सम्पूर्ण उद्धारको काम सक्ने अनुमान गरिएको छ । -सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार