श्रावण २, २०८२ शुक्रबार July 18, 2025

कोलम्बिया : बन्धक बनाइएका ७९ प्रहरी रिहा

कोलम्बियामा बन्धक बनाइएका प्रहरी अधिकारी र तेल कम्पनीका कामदारहरू मुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कोलम्बियामा बन्धक बनाइएका प्रहरी अधिकारी र तेल कम्पनीका कामदारहरू मुक्त भएका छन् ।

दक्षिण काक्वेटा प्रान्तमा प्रदर्शनका दौरान बन्धक बनाइएका उनीहरू रिहा भएको राष्ट्रपति पेट्रोले जानकारी दिएका हुन् । बिहीबार तेल उत्खनन गर्ने कम्पनीको कम्पाउन्डमा स्थानीयले अवरोध गरेपछि तनाव सिर्जना भएको थियो ।

सो क्षेत्रमा कम्पनीले सडक बनाउन सहयोग गर्नुपर्ने उनीहरूको माग थियो । त्यही क्रममा ७९ जना प्रहरी अधिकारी र एमर्ल्यान्ड इनर्जीका ९ जना कर्मचारीलाई बन्धन बनाइएको थियो । राष्ट्रपति गुस्ताभो पेट्रोले उनीहरुलाई रिहा गर्न प्रदर्शनकारीसँग आग्रह गरेका थिए ।
त्यसअघि भएको झडपमा एक जना प्रहरी अधिकारी र एक जना स्थानीय मारिएका थिए । उनीहरू रिहा भएको जानकारी दिँदै राष्ट्रपति पेट्रोले घटनाको छानबिन हुने र दोषीमाथि कारबाही हुने बताएका छन् । गृहमन्त्री अल्फोन्सो प्रडाले शुक्रबार उनीहरूको गोली प्रहारबाट मृत्यु भएको जनाएका थिए । बीबीसी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार